एक्सरे गर्न हस्पिटल पुगेकी महिलालाई नांगै बनाउने स्वास्थ्यकर्मी पक्राऊ

छात्तीको एक्सरे गर्नका लागि अस्पताल पुगेकी महिलालाई एक स्वास्थ्यकर्मीले कम्मर मुनीको समेत लुगा खोल्न लगागर नाँगै बनाएको आरोप लागेको छ । पीडित महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीविरुद्ध जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीले ती स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो । आइतबार एक नव विवाहित दम्पत्ति घोराही लुहारस्थित गोरखा हस्पिटलमा पुगेको थिए । त्यहाँ उनीहरुले महिला छातीको एक्सरे गर्न पुगेकोमा सोही हस्पिटलमा रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं ५ निवासी २२ वर्षीय नवराजडाँगीले महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गराएका थिए । यसरी छात्तीको एकसरे गर्नुपर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्दै ती महिलाको श्रीमानले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीकाका आधारमा डाँगीलाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY