सर्लाहीमा नेपाली काँग्रेसका कार्यकर्ता र नेकपा कार्यकर्ता बिच झडप,१८ जना घाईते

अन्जना सुवेदी

असार १५- सर्लाहीको धनकौल गाउँपालिका – २ मा नेपाली काँग्रेसका कार्यकर्ता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता बिच झडप हुदा गए राती १८ जना घाईते भएका छन। ट्याक्टर धुनका लागि खोलामा लाँदै गर्दा दुई पक्षिय बिच बिवाद भएको र लगतै झडपले राजनितिक रुप लिएको हो।

दुईपक्षी बिच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो।घटनामा संलग्न एक जनालाई प्रहरीले रातीनै नियन्त्रणमा लिएको छ।झडपमा भरुवा बन्दकको छर्दा लागेर धनकौल गाउँपालिका वडा नं. २ हरकठबाका ६५ वर्षीय रामचन्द्र हजारी, ६० वर्षीय नागेश्वर सहनी,२४ वर्षिय मेहबुब अंसारी, २५ वर्षीय राकेशकुमार सिंह, २० वर्षीय रामबिनय हजारी, ४०वर्षीय बिलास राय, १८ वर्षीय विजय साह, २० वर्षीय सुरजकुमार सिंह, २२ वर्षीय सुनिल महतो, ४५ वर्षीय बिजय सिंह, २५ वर्षीय मोहमद शेख इन्ताज, १९ वर्षीय सुनिल साह, २१ वर्षीय नितेशकुमार सिंह ,१७ वर्षीय रंजित यादव, ३३ वर्षीय अरुण यादव रहेका छन।घाईतेहरुको शरीरको विभिन्न भागमा छर्रा लागेको प्रहरीले जनाएको छ।त्यसैगरी झडपमा परी नेपाली काँग्रेस धनकौल गाउँपालिका २ का ५५ वर्षीय लक्ष्मण साह, ४७ वर्षीय धिरुरंजन बर्मा र ४६ वर्षीय बैधनाथ सहनी घाईते भएका छन। उनीहरुको जिल्ला अस्पताल मलंगवामा उवचार भईरहेको छ ।

LEAVE A REPLY