कोरोनाको माहामारीकै बेला भारतबाट नेपाल छिर्यो सलहको समूह (भिडियोसहित)

कोरोना कहरकै बेला नेपालमा सलह किरा भित्रिएको छ । कृषि बालीमा गम्भीर क्षति पुर्याउने सलह किरा नेपालमा पनि देखिएको छ। रुपन्देहीमा ठूलो संख्यामा सलह पसेको छ। त्यस्तै तराईका बारा र सर्लाही हुँदै सिन्धुलीसम्म पसिसकेको छ । नेपालमा सलह भित्रिएसँगै कृषिमन्त्रालयका विज्ञसहितको टोलीसँग भर्चुअल छलफलमा जुटेका हुन् । कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा महादेवप्रसाद पौडेलका अनुसार बाराका सिमरा र निजगढ तथा सर्लाहीको नवलपुरमा सलह किरा देखिएको छ।

सलह किराको व्यवस्थापन तथा नियन्त्रणका विषयमा कृषि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ।सहसचिवका सहदेवप्रसाद हुमागाईको नेतृत्वमा सलह किराको अध्ययन गर्न र प्रवेश गरेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पूर्वतयारीका लागि समिति गठन भएको छ। कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले सलह किरा देखिएपछि अब तत्काल अपनाउनुपर्ने नियन्त्रणका उपायबारे रणनीति बनाउन कृषि मन्त्रालयको बैठक बसेको बताएका छन्। पूर्वी वायुका कारण नेपालमा अहिले सलह आउने सम्भावना एकदम न्युन रहेको प्रतिवेदन मन्त्रालयमा दिए पनि कीरा बिहार हुँदै नेपाल छिरेको प्रारम्भिक अनुमान लगाएका छन् ।

भारतमा देखिएको भन्दा फरक फरक प्रकृतिको किरा देखिएको भन्दै उनले यसबारेमा ल्याबमा परीक्षण नगरी यसै सबै कुरा भन्न नसकिने डा। केसीले बताए । नेपाली वैज्ञानिकहरुले पाकिस्तान र भारतका वैज्ञानिकहरुसँग पनि छलफलमा छन् । अफ्रकी देशबाट इरान, पाकिस्तान हुँदै भारतका पञ्जाव हरियाणालगायतका राज्यमा सलहको आतंक उत्कर्षमा छ। किसानले लगाएका बालीनाली ध्वस्त पारेपछि त्यहाँ खाद्य संकट हुने आशंकाका बीच सलह नेपाल प्रवेश गरेको छ।

LEAVE A REPLY