खरिदार र नायब सुब्बा बन्न केही महत्वपूर्ण टिप्स

  • तोकिएको पाठ्यक्रमलाई आद्योपान्त स्मरण गर्ने प्रयास गर्दै अन्तरसम्बन्धित विषयप्रति बढी चनाखो रहने,
    समसायिक तथा सान्दर्भिक पाठ्यसामग्री छनोट गरी निरन्तर अध्ययन गर्दै सिलसिला मिलाई मुख्यमुख्य बुँदाहरू टिपोट गर्दै जाने,
  • स्मरणमा राख्नुहोस्, असफलताको अनुभव नै आगामी सफलताका लागि प्राप्त अनुपम उपहार हो,
  • पुराना प्रश्नहरूको संग्रह गरी तिनीहरूको समय व्यवस्थापन गरी उत्तर लेख्ने अभ्यासलाई जारी राख्ने,
  •  निश्चित अध्यायबाट प्रश्न बनाई वा सोबाट सोधिएका पुराना प्रश्नहरूलाई समाधान गर्दै आफैंले आफ्नो मूल्यांकन गर्दै जाने,
  •  पाठ्यक्रममा समेटिएका शीर्षक र उपशीर्षकलाई समान महŒवका साथ अध्ययन गर्ने,
  •  गणित तथा विज्ञान अध्ययन गर्दा सूत्रहरू तथा निश्चित ायचmबत यथासम्भव कण्ठ गर्ने,
    वस्तुगत प्रश्नमा निम्न पक्षहरूलाई ख्याल गर्नुहोस्
  • आफूलाई परेको Key A, B, C, D वा क, ख, ग, घ अथवा यस्तै अन्य भए सो ध्यानपूर्वक हेरी उल्लेख गर्न नछुटाउने,
  •  दिइएका नमिल्दा यउतष्यल लाई छोडी मिल्दालाई ध्यानपूर्वक अध्ययन गरी छनोट गर्ने,
  •  वस्तुगत प्रश्नहरूको उत्तरका Option a, b, c, d वा क, ख, ग, घ लेख्नुपर्ने हो वा तिनका द्यगददभि रंगाउनुपर्ने हो, सो कुरालाई ख्याल गर्ने,
  •  वस्तुगत बहुउत्तर प्रश्नका नकारात्मक र गलत उत्तरबापत २० प्रतिशत अंक काटिनेप्रति सचेत रहने,
  •  बौद्धिक तीक्ष्णता मापनका कतिपय प्रश्नमा कहिलेकाहीँ सुरुकै विकल्प नै सही उत्तर हुन सक्ने हुँदा चनाखो रहने,
  •  बौद्धिक परीक्षणका लागि तोकिएका प्रश्न कुन अवस्थामा कुन कुन ीयनष्अ ले काम गर्छ, सोलाई विशेष ध्यान दिने,
  •  आईक्यू प्रश्नहरूको गलत उत्तरबापत अंक नकाटिने पक्षलाई पनि हेक्का गर्ने ।

    विषयगत प्रश्नका समाधानका लागि

  •  नायब सुब्बा तथा खरिदारमा प्रश्नले सम्बन्धित विषयको जानकारी वा सोबारे सूचना तथा अर्थ आदि माग्ने भएकाले गहिराइमा नडुबी सटिक रूपमा सूचना र जानकारी वा अर्थ लेख्ने प्रयास गर्ने,
  •  सम्बन्धित शीर्षक र विषयका पछिल्ला तथा विश्वव्यापी मुद्दाहरूलाई ीष्लप गरी टिपोट गर्दै जाने,
  •  चालू आवधिक योजना, अघिल्लो आवका आर्थिक सर्वेक्षण, मौद्रिक नीति तथा प्रशासन सुधार समितिका प्रतिवेदन तथा मुलुकको विद्यमान संविधान, निजामती सेवा तथा अन्य संगठित संस्थाका ऐन, नियम र विनियम तथा अन्य कानुनका महŒवपूर्ण पक्षहरू तथा विगतमा भन्दा थप भएका विषय वस्तुहरूमा जोड दिने,
  •  सोधिएका प्रश्नमा मुख्य प्रश्न शब्द कुन कुन हुन्, तिनको पहिचान गरी मागेको तथा खोजेको जवाफ मात्र लेख्ने,
  • परीक्षामा समय व्यवस्थापनका लागि अतः प्रश्नको अंकभार हेरी प्राप्त समयमा मागेको उत्तर सरल तथा मौलिक रूपमा प्रस्तुत गर्ने,
  • प्रश्नभित्रका उपप्रश्न तथा र उपखण्डलाई ख्याल गरी सबैलाई अंकभारबमोजिम समान महŒव दिने,
  • लेखनलाई भरसक सरल, सटिक तथा मिठासपूर्ण बनाउने,
  •  प्रश्नले प्रभाव र असर सोधेको अवस्थामा सोका सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई संक्षेपमा उल्लेख गर्ने,
  •  उत्तरमा लेखिएका अक्षर राम्रो र सुन्दर हुनैपर्छ भन्ने छैन, किन्तु सफा र स्पष्ट भने हुनुपर्दछ,
  •  तपाईंको पहिचान अरूको भन्दा फरक र मौलिक खालको देखाउनुहोस् ।
  • अन्त्यमा, कुनै पनि पदका लागि दरखास्त पेस गर्दा समयमै गर्ने, परीक्षाको दिन परीक्षा केन्द्रमा समयमा पुग्ने, आफूलाई तनाव र अति दबाबमुक्त राख्ने र दृढताका साथ परीक्षा हल तथा अन्तर्वार्ता समितिसमक्ष पेस हुने ।

अध्ययनका आधारभूत पक्षहरू

(Fundamental Aspects of Study) : 7cs
C = Content : Curriculum/Course of Study/Subject/Title
C = Concept : Meaning, Evolution, Efforts, Revolution
C = Core : Crux/Main Theme/Basic Philosophy/Basic Principle
C = Coverage : Characteristics, Policy, Organisation, Types
C = Context : Present Issues/Present Status
C = Comment : Problems, Challenges, SWOT Analysis
C = Conclusion : Recommendations/The Way Forward

प्रभावकारी तयारीसम्बन्धी प्रक्रियाहरू
Stages for Effective Preparation) : FRESH Start
F = First Start : Zero Bases Start/No Bias with the Past/New Start
R = Routine Start : Scheduled Start/Regularity/Repetition/ Timeliness
E = Ends Start : Result Orientation/ Examination Friendliness
S = Specific Start : Core Matter/Subject Focus/Curriculum Centered
H = Holistic Start : Totality Approach / Cross-Matching/ Tactfulness

प्रभावकारी अध्ययन तथा लेखनका मूलभूत तवहरू

( Fundamental Aspects of Effective Study & Writing) : STUDY
S = Systematic : Orderly/Evolution to Revolution/ First to Last
= Simple : Short & Sweet/Strategic/Situational
T = Timely : Time Schedule/Time Frame
= Tactfully : Commonness/Cross-Cutting/Equals & Unequals
U = Uniqueness : Newness/Competitor-Oriented
= Unified : Integrated/Holistic
D = Disciplined : Subject Specificity/Regularity
= Diversified : Interdependencies/Coverage
Y = Yield Oriented : Result Oriented/Objective/Visionary
=Yesism : Positivism/Weaknesses to Strengths/
Threats to Opportunities

स्थानीय तहले बनाएका नयाँ उपाधिहरू

१. सेल्फी सहर :  धनकुटा
२. गुलाबी सहर : वालिङ
३. फ्रि वाईफाई नगर :  मटिहानी
४. बालमैत्री स्थानीय शासन नगर :  देवचुली र सुनवल
५. हरित सहर: हेटौंडा राजधानीबाट

LEAVE A REPLY