भारतीय नागरिकलाई दाङबाट यसरी दिलाइयो नेपाली नागरिकता

गैरनेपाली नागरिकलाई नेपाली नागरिकता दिन नपाउने कानूनमा स्पष्ट उल्लेख गरिएको छ । तर, भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका छन् ।

उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।

हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं.३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।

LEAVE A REPLY