कोरोनाले नछोएको एक्लो जिल्लाका स्थानीय तहले कसरी काम गरिरहेका छन् ?

प्रकाश अधिकारी अहिले रसुवाको कालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । उनै अधिकारीसँग हाम्रा सहकर्मी महेश्वर गजुरेलले सरकारले ल्याएको बजेट,कोरोना कहरमा स्थानीय तहले गरिरहेको कामको सेरोफेरोमा केही सबाल गरेका छन् :-

० सरकारले हालै ल्याएको बजेटमा कर्मचारीका विषयमा समाबेश भएका बुँदाहरु कस्तो लाग्यो ?
अहिले सिंगो मुलुक नै कोरोनाको कहरसँग जुधिरहेको अबस्था छ । र सरकारको पहिलो प्रथामिकतामा जनस्वास्थ्य नै पर्नुपर्दछ । यस्तो अवस्थामा सरकारले राहतका प्याकेजहरु ल्याउनु पर्ने स्थिती थियो । झण्डै तीन महिनादेखि उद्योगधन्दाहरु डमाडोल अवस्थामा छन् । यो माहामारीको अवस्थामा सरकारी कर्मचारीले थप सेवा स्ुविधाको अपेक्षा गर्नु नै गलत हो । व्यक्तिगत तबरबाटभन्दा सरकारले ल्याएको बजेट उत्कृष्ट छ । महामारीको यो समयमा स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर ल्याएका बजेटका अधिकांश बुदाँहरु राम्रा नै छन् ।
० कर्मचारीका सबै भत्ताहरु काटिएकको छ । यसमा कर्मचारी वर्गबाटै विरोधका स्वरहरु सुनिरहेको छ । यो कतिको न्यायोचित भयो ?
कर्मचारीहरुको भत्तामा पनि विभेद छ । शक्तिशालि निकायमा कार्यरत कर्मचारीहरुले भत्ता पाउने र अरुले भत्ता नपाउने या आफैंमा विरोधाभाषपूर्ण छ । जस्तो अख्तियार,प्रधानमन्त्री कार्यलय,संवैद्यानिक निकायदेखि राजस्वको कर्मचारीहरुले ५० प्रतिशतदेखि शत प्रतिशत भत्ता पाउने तर अरु निकायमा कार्यरत कर्मचारीहरुले भत्ता नदिने । यो आफैंमा विभेदकारी हो । यी निकायमा काम गरिरहेकाहरु २० हजार हाराहारी कर्मचारीहरुको भत्ता कटौती गरिएकोमा असन्तृष्ट होलान् अरु सबै कर्मचारी खुसी छन् ।
० घर बनाउन र छोराछोरी पढाउन सहुलियत कर्जा पाउने भएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
यो आवाज त धेरै पहिलेदेखि देखि उठेको हो । सामाजिक सुरक्षाका यी बुँदाहरु कार्यन्यनमा जाँदा कर्मचारीहरुको आत्माबल बढ्नुका साथै हौसला बढ्ने छ । भ्रष्टाचार र लाछीपनामा पनि विस्तारै कमी आउने छ । गास, बास, कपास सँगै शिक्षा पनि उत्तिकै आवश्यक कुरा हो । संकटको यो समयमा पनि कर्मचारीलाई यी दुई कुरा ल्याएको छ यो अती नै राम्रो कुरा हो ।
० कोरोना रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकारको भूमिका के कस्ता हुनुपर्छ ?
अहिले कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकार लागिपरिरहेका छन् । यसमा संघ र प्रदेश सरकारको भन्दा स्थानीय सरकारकै सक्रियता र भूमिका बढि हुन्छ । ठूला ठूला विपतमा संघको भूमिका हुनुपर्छ भनिन्छ यद्यपि आफ्नो नागरिकलाई यथाशीघ्र व्यवस्थित गर्ने चाहिँ स्थानीय सरकारको भूमिका ठूलो हुन्छ । सोही अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि हामी सक्रिय ढंगले काम गरिरहेका छौं । खुसीको कुरा छ आजका दिनसम्म कोरोनाले नछोएको एक्लो जिल्लाको रुपमा रसुवा रहेको छ । हामीले रसुवालाई कोरोनाबाट कसरी मुक्त राख्न सकिन्छ ? यही सोचमा केन्द्रित रही सोही ढंगले काम गरिरहेका छौं ।
आजसम्म कोरोनाजस्तै लक्षण देख्ने वित्तिकै क्वारेन्टाइनमा राख्ने । स्वास्थ्य परिक्षण गरी उनीहरुलाई खाने, वस्ने, सुन्नेदेखि उसको दिनचार्यको लागि आवस्यकता ब्यवस्था गर्ने । साथै पिसिआरमा पोजेटिभ देखिएको खण्डमा आइसोलेसनमा राखेर उपचार गर्ने । त्यसका लागि एम्बुलेन्सको व्यवस्था गर्ने जस्ता कामहरु स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कार्यहरु हामीले गरीरहेका छौं । यसका अलवा सिंगो मूलुक नै लकडाउन भएको समयमा अन्य स्थानीय तहहरुले झैं राहत वितवरणका कामहरु गरेका हौं ।
० कोरोना रोकथाम तथा नियन्त्रणको लागि कालिका गाउँपालिकाबाट के कस्ता कामहरु भइरहेका छन् ?
रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएको छ । यो महामारी रोकथामको लागि केन्द्रले नै सबै स्थानीय तहलाई हेर्न सक्दैन । त्यसैले सबै स्थानीय तहलाई जिम्मेवारी दिएको हुन्छ । जिम्मेवारी अनुसार हामीले ५० शैयाको क्वारेन्टाइन कालिका हिमालयनमा बनाएका छौं । यस्तै १५ शैयाको आइसोलेसन जिवजिबे हस्पिटलमा बनाएका छौं । साथै सबै वडाहरुमा हेल्प डेस्क छ । यस्का अलवा आर्मी व्यारेकमा हेल्प डेक्स खडा गरेका छौं ।
० कोरोना रोकथामको लागि स्थापना गरिएको क्वारेन्टाइन र आइसोलेसन मापदन्ड अनुसार छन् ?
रोकथाम तथा नियन्त्रणमको लागि स्थापना गरेको आइसोलसन तथा क्वारेन्टाइन हामीले सरकारले तोकेको मापदन्ड अनुसार नै स्थापना गरेका छौं । अझ हामीले क्याम्पसको १ ओटा रुममा २ जना मात्र राखका छौं । हामीले उनीहरुले पनि देशका सबै गतिबिधी अपडेट बुझ्न तथा टाइम पास गराउनको लागि वाइफाइको समेत ब्यवस्था गरेका छौं । धेरै क्वारेन्टाइनहरुमा समस्या भएको,खाना र पानी नै नपाएको खबर सुन्छौै र पढ्छौं । तर हामीकहाँ त्यस्तो समस्या छैन् । सरकारको तोकेकोभन्दा पनि अझैं उत्कृष्ठ मापदण्डमा रहेर क्वारेन्टाइमा सेवा र सुबिधा दिइका छन् ।
० क्वारेन्टाइनमा हालसम्म कती जना छन् ?
पहिलो पटह हामीले ५० जना जति राख्यौं । जिल्ला उद्धार कायक्रम रहदाँ । हाल ४ जना छन् क्वारेन्टाइनमा । त्यस्तै आइसेलेसनमा नौकुण्डका ३ जना राखेका थियौं । उनीहरुको रिर्पोट नेगेटिभ आएसँगै घर फर्किसकेका छन् ।

LEAVE A REPLY