तेस्रो पटक पनि सर्‍यो डेनमार्ककी प्रधानमन्त्रीको विहे

डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनको बिबाह तेस्रो पटक पनि रोकिएको छ । प्रधानमन्त्री मेट र उनका प्रेमी बो टेनबर्गबीच हुने भनिएको विवाह युरोपियन युनियनको बैठकका कारण रोकिएको हो । समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो।

आफ्नो विवाह फेरि सरेको जानकारी प्रधानमन्त्री फ्रेडेरिक्सनले आफैं फेसबुकमा लेखेर दिएकी छन्। म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन। अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो।’

आफूले आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले फेरि विवाह गर्ने मिति पर सार्नु परेको उनको भनाइ छ। हामी चाँडै विवाह गर्न सक्षम हुनेछौं। म बो (जो निकै धैर्यता राखिरहेका छन्) लाई ‘यस’ भन्न आतुर छु,’ उनले लेखेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here