अनलाइनमा पढाउन, नीलकण्ठ माविका शिक्षकलाई ल्यापटप प्रदान

कोरोना माहामारीका कारण पठन पाठन अवरुद्ध भएको छ । र अहिले अनलाइनमाध्यमबाटै विद्यार्थीहरुलाई पठन पाठन गराउने काम भइरहेको छ । यही बिषयलाई मध्यनजर गर्दै धादिङजिल्लाको निलकण्ठ माध्यमिक विद्यालयका शिक्षकहरुलाई प्रबिधिमैत्री शिक्षणका लागि भन्दै ल्यापटप प्रदान गरेको छ । अनलाइन कक्षा सञ्चालन गर्न सहजताका लागि विद्यालयले शिक्षकहरुलाई ल्यापटप प्रदान गरेको हो । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष होम प्रसाद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालको विशेष आतिथ्यता निलकण्ठका शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको थियो । निलकण्ठका प्रधानाध्यापक विष्णु प्रसाद सिलवालका अनुसार,६० प्रतिशत शिक्षकको र ४० प्रतिशत विद्यालयले व्यहोर्ने गरी ल्यापटप खरिद गरेर शिक्षकलाई प्रदान गरिएको हो ।

LEAVE A REPLY