संघीय निजामती सेवा ऐनको विषयमा प्रधानमन्त्रीलाई ट्रेड युनियनको ११ बुँदे मागपत्र

संघीय निजामती सेवा ऐनको विषयमा प्रधानमन्त्रीलाई निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको मागपत्र बुझाएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त समन्धमा व्यवस्था गर्न बनेको विधेयक आफूहरूसँग छलफल नगरी ल्याउन लागेको भन्दै विभिन्न ११ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएको हो ।मागपत्रमा सरकारसँग सौदाबाजी गर्ने गरी राष्ट्रियस्तरको ट्रेड युनियन यथावत राख्न र आधिकारिक ट्रेड युनियनसँग तिनै तहमा अन्तर सम्बन्धको व्यवस्था गर्ने,निजामती सेवाको प्रत्येक श्रेणीमा पदपूर्ती गर्दा खुल्ला,आन्तरिक र अन्तरतह प्रतिष्प्रर्धा र बढूवा प्रणाली सुनिश्चित गर्न,सरुवा प्रणाली चक्रीय,स्वचालित बनाउन,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी निश्चित समयपछि प्रदेश स्थानीय तहमा सरुवा हुने व्इवस्था सुनिश्चित गर्ने लगायतका ११ वटा बुँदा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here