काठमाडौंमा जग्गाको नयाँ मूल्य : सस्तोमाआनाको १३ लाखदेखि महंगोमा ५० लाखसम्म

काठमाडौं महानरपालिकाले आगामी आर्थिक बर्षका लागि जग्गाको मूल्य तोकेको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगरभित्रका जग्गाको नयाँ मूल्य तोकिएको हो । महानगरले सबैभन्दा सस्तोमा आनाको १३ लाख रुपैयाँदेखि महंगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ । महानगरले सडक तथा गल्लीलाई आधार बनाएर महानगरले आनाका हिसाबले जग्गाको मूल्य तोकेको हो । र यही मूल्यको आधारमा महानगरले सम्पत्तिको कर असूल गर्छ । महानगरपालिकाले प्रतिआना ५० लाख रुपैयाँ पर्ने जग्गाको भूमिकर ७० रुपैयाँ तोकको हो । महानगरभित्रको मूल सडकको दायाँबायाँको जग्गाको मूल्य महँगो छ भने भित्री जग्गाको मूल्य सस्तो तोकिएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मह्गो जग्गा को धेरै र सस्तो जग्गाको कम भूमिकर तोकेको छ । महानगरपालिकाले तोकेको नयाँ मूल्य अनुसार केशरमहल, जमल, रानीपोखरी हनुमानढोकासम्मको मूल सडक, माइती घर, सिंहदरवार पश्चिम गेट, पुतली सडक, कृष्ण पाउरोटी, दरवारमार्गलगायतका स्थानका प्रतिआना जग्गाको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ ।

 

LEAVE A REPLY