दलनिकट ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने युनियनहरुको चेतावनी

 

संघीय निजामती सेवा विधेयकमा आफ्नो अधिकार खोस्न खोजिएपछि विभिन्न दल निकट टेर्ड युनियनहरु आक्रोशति भएका छन् । राजनीतिक दल निकट कर्मचारीका चार वटा संगठनले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड युनियनको अधिकार कुण्ठित गर्न खोजिएमा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।
विद्येयकमा आधिकारिक ट्रेड युनियनको ब्यवस्था मात्र राखेपछि राजनीतिक दल निकट ट्रेड युनियनहरु आक्रोशित भएका छन् । राष्ट्रियस्तरका ट्रेड युनियनहरुले बिधेयकको उक्त ब्यवस्थाका बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले ९ वटा माग प्रस्तुत गरेका छन् ।

 

उनीहरुले विगतमा जस्तै राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था, ट्रेड युनियनहरुको सामुहिक सौदाबाजी र सामाजिक सम्वाद गर्न पाउने प्रावधानसहितको ट्रेड युनियन अधिकार यथावत् कायम गरी संघ, प्रदेश र स्थानीय तहबिच ट्रेड युनियनको अन्तर सम्बन्ध कायम हुने व्यवस्था गर्न माग गरेका छन् । तर सरकार दल निकट ट्रेड युनियनमात्र राख्ने पक्षमा अगाडि बढेको छ ।यस्तै चारवटै ट्रेड युनियनले निजामती सेवाका प्रत्येक श्रेणीगत पदपूर्ति गर्दा खुला, आन्तरिक प्रतियोगितात्मक प्रतिस्पर्धा र बढुवा प्रणाली सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।निजामती सेवामा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने साबिकको व्यवस्था यथावत् राख्न, सरुवा सम्बन्धी व्यवस्था स्वचालित, चक्रीय र पूर्वानुमान योग्य बनाउन, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई निश्चित समयावधि पश्चात् प्रदेश वा संघमा सरुवा हुने व्यवस्था सुनिश्चित गर्ने माग पनि उनीहरुले राखेका छन् ।

LEAVE A REPLY