“शिक्षकलाई तलब दिन शुल्क उठाउँदा जेल जानुपर्छ भने पनि तयार छौं”

अहिले नीजि विद्यालय तथा अस्पतालहरुलाई राष्ट्रियकरण गर्नुपर्ने बहस जोड तोडले उठिहरेको छ । शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्ने आवाज जोडका साथ उठिरहेको समयमा नीजि तथा आवासीय विद्यालय अर्गनाइनेज प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नीजि विद्यालयहरु राष्ट्रियकरण नै गर्ने हो भने पनि बहस अगाडि बढाउन आग्रह गरेका छन् । अध्यक्ष पुरीले भने, राष्ट्रियकरणका लागि हामी तयार छौं । हाम्रो मुअब्जा आओ,स ऋण, धन व्यहोरियोस् । दायित्व बहन गरेर नेपाल सरकारले राष्ट्रियकरण गर्छ भने हामी तयार छौं । यद्यपि सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको र शिक्षासेवीहरुको गुनासो नसुनेकोमा उनी दुखेसो पोख्छन् । उनले गत चैत्रदेखि विद्यालयहरु बन्द अबस्थामा रहेको । विद्यालयहरु बन्द भए पनि अधिकांश विद्यालय र शिक्षक शिक्षिकाहरुले यो समयमा भर्चुअल क्लासबाट पनि शिक्षा दिइरहेको अवस्था रहेको हुँदा विद्यालयका सञ्चालकहरुले शिक्षक शिक्षिकालाई तलब दिन नसक्दा उनीहरुको हातमुख जोड्न पनि समस्या भइरहेको बिषयमा सरकारले चासो नदिएको पुरीको गुनासो छ ।
अभिभावकहरु कोही सरकारी जागिरे, संस्थानका कर्मचारी, बैंकमा काम गर्ने बैंकर्सहरु लगायतका रहेका र उनीहरुको नियमित आम्दानी भइरहेको हुँदा त्यस्ता अभिभावकहरुले केही सहयोग गर्न सकिन्छ गरौं भनेर आह्वान मात्रै गर्दा पनि आफूहरुलाई अपराधीझैं करार गरिएकोप्रति पुरीको दुखेसो छ । उनले भने, हामीले अहिले नै सबै शुल्क बुझाउनुपर्छ भनेको पनि होइन । कम्पनिमा मानवीयताको पनि कुरा आउँछ । सरकारलाई हामीले सस्तो ब्याजदरमा ऋण देऊ भन्दा पनि दिएको छैन । कम्पनीमा शिक्षक, कर्मचारीहरुको हातमुख जोर्ने व्यवस्था हुनुपर्यो भन्दा अन्यथा हुन्छ ।
शुल्क उठाउन खोज्दा कारवाहीको धम्की दिइएको बिषयमा पुरीको भनाई छ,कारबाही त शिक्षासम्बन्धी ऐन, नियम र वर्तमान संविधानलाई टेकेर गर्ने होला । कारबाही भनेको कसैले मसल देखाएर हुँदैन ।शिक्षा ऐन, नियम, कानुन बमोजिम नै कारबाही हुने हो । हामीले जबर्जस्ती गरेका छैनौं, खाली सार्वजनिक अपिल मात्रै गरेका हौं । यति गर्दा जेलमै बस्नुपर्छ भने पनि हामी तयार छौं । तर, एउटा यो सरकार र विद्यार्थी संगठनहरुले हाम्रा घर भाडा र शिक्षक कर्मचारीको तलबको लागि वैकल्पिक व्यवस्था सोच्नुप¥यो । होइन भने हामीले विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

LEAVE A REPLY