पर्यटन मन्त्री बोल्दा बोल्दै पोर्न भिडियो बज्न थालेपछि….

संष्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बोल्दै गर्दा कार्यक्रमको बीचमै पोर्न भिडियो प्ले भए पछि हंगामा मच्चिएको छ । सो बैठकमा पर्यटन सचिव,पर्यटन बोर्डका अधिकारी, पर्यटन व्यवसायीदेखि पर्यटन विटमा कलम चलाउँदै आएका पत्रकार गरी सयौंको सहभागीता थियो ।
२ सयभन्दा बढी सहभागी भएका बैठककै बीचमा पोर्न मुभि प्ले भएपछि बबाल भएको हो । कोरोनाका कहरका कारण अधिकांश संघ संस्थाहरुले जुम एप मार्फत बैठक गर्दै आएका छन् । सोही एपका माध्यमबाट नेपाल पर्यटन वोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रम तय भएको थियो । जसै संष्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बोल्ने समय आयो ।उनी मन्तव्य राख्दै थिए त्यही समयमा जुममा पोर्न भिडियो प्ले हुनेदेखि अश्लिल साइडहरु खुल्न थालेपछि तरंग पैदा भएको हो ।

यता, यो प्रकरणमा उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ। बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।

केही समय अघि नेपालका गन्यमान्य व्यक्तिहरु सामेल एक बैठकमा एक महिला बैंकर बोलिरहँदा एक्कासी अश्लील पोर्न भिडियो बजेपछि सहभागीहरु लाजले पानी पानी भएका थिए । डिजिटल पेमेन्टसँग सम्बन्धित सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, आइएमइ पेका डाइरेक्टर हेमराज ढकाल, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, राष्ट्रिय बाणिज्य बैंकका डेप्युटी सीइओ कविराज अधिकारी, पूर्व मन्त्री गणेश शाह, र एक बैंककि आइटी हेड सहभागी थिइन् । जव उनै महिला बैंकर बोल्दै थिइन्, एक्कासी अश्लील भिडियो बज्न थाल्दा तनाव उत्पन्न भएको थियो ।

 

LEAVE A REPLY