जीवनमा २ जनासँगमात्र हारेका अन्डरटेकरले अब सन्यास लिने घोषणा

डब्लुडब्लुइका समर्थकका लागि सबैभन्दा ठूलो निरासाको दिन त्यतिबेला भयो, जब ख्याती प्राप्त रेस्लर अन्डरटेकरले पराजय भोगेपछि रिङबाट बिदा लिए।
करिब दुई दशक रेस्लिङमा आफ्नो धाक जमाएका डेडम्यानको उपनामले चर्चित अन्डरटेकरले युवा तथा किशोरहरुमा लोकप्रिय खेलबाट सन्यास लिएका छन्। उनले रेसलमेनिया ३३ को खतरनाक भिडन्तको फाइनलमा रोमन रेन्सबाट पराजय भोगेलगत्तै रिङमा आफ्नो सन्यासको घोषणा गरे।

सन १९९० देखी सबै दर्शकलाई मनोरञ्जन दिदै आएका उनले एक्कासी सन्यास लिने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनले आफ्नो जिवनमा आधारित हालै रिलिज भएको डकुमेन्ट्रि सिरीज द लास्ट राईडमा सन्यासको घोषणा गरेका हुन् । उनले हालसम्म हरेक च्याम्पियनसिपहरु जितेका छन । उनले भनेका छन् खेल परिवर्तन भएको छ। नयाँ व्यक्तिलाई मौका दिने समय आएको छ। मैले सोचे यो सही समय हो। यो डकुमेन्ट्रिले मेरो आँखा खोल्यो र मलाई ठूलो तस्वीर हेर्न मद्दत गर्यो। यस कारणले गर्दा, म प्रति मेरो दृष्टिकोण पछिल्ला केही बर्षहरूमा परिवर्तन भएको छ। मलाई लाग्छ कि रिङ भित्र भन्दा बाहिरबाट अब म अझ राम्रो गर्न सक्छु।

अन्डरटेकरका अनुसार उनी आफ्नो करियरमा राम्रो प्रदर्शन गरी सकेका छन्। उनी फेरि कहिले पनि रिङमा प्रवेश गर्छन भन्दा आपतकालमा वा भिन्से म्याकमोहनको आग्रहमा हुन सक्छ ।रेसलमेनिया ३३ मा रोमन रेन्ससँगको खेल पछि, अण्डरटेकरले आफ्नो कोट, टोपी र ग्लोभ्स रिङमै छोडेपछि प्रशंसकहरूले उनी फेरि कहिल्यै रिङमा नदेखिने अडकल गरेका थिए । अन्डरटेकरले आफ्नो डकुमेन्ट्रि द लास्ट राइडमा आफ्नो करियर उनको लागि कत्ति गाह्रो भएको बताएका छन ।

LEAVE A REPLY