निजामती सेवामा अब बाहुन क्षेत्रीलाई पनि आरक्षण

बर्षौ दिन दिन राज्यव्यवस्था तथा सुशासन समितिमा अल्झिरहेको र इन्ट्रेस्ट ग्रुपको स्वार्थ अनुसार बल्झिरहेको संघीय निजामती सेवा विद्येयक यही अधिवेशनबाट टुंग्याउने तयारी छ । सो विद्येयकमा अब बाहुन क्षेत्रीहरुलाई समेत आरक्षण दिने गरी व्यवस्था थप हुने गरी ल्याउन लागिएको छ । महिलाको आरक्षण कोटा भने बढाइदैं छ । संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती बिधेयकमा खस आर्यका लागि आरक्षण दिने सहमति भएको हो । हाल खुला पदपुर्तीमा ४५ प्रतिशत आरक्षण रहेकोमा त्यसलाई बढाएर ४९ प्रतिशत पु¥याइएको छ ।

४९ प्रतिशतलाई शत प्रतिशत मानेर खस आर्यलाई २८ प्रतिशत कोटा राखिएको छ । त्यस्तै दलितलाई १३, आदिवासी जनजातीलाई २६, मधेसीलाई १६, थारुलाई पाँच, मुस्लिम, पिडडिएको क्षेत्र र अपांगता भएका व्यक्तिलाई ४ ४ प्रतिशत छुट्याइएको छ । यी सबै क्लस्टलबाट ५० प्रतिशत महिला भर्ना गर्नुपर्ने गरी सहमति भएको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले बताइन् । यसबाट सरकारी सेवामा महिलाको सहभागीता बढ्ने उनको भनाई छ ।

आरक्षण पाउने मधेशी, दलित, जनजाति, आदिवासी, खस आर्यलगायत सबैमा अनिवार्य ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था हुनेछ

LEAVE A REPLY