सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

९० हजार प्रतितोला पुग्न लागेको सुनको मूल्य फेरी बृद्धि भएको छ । नेपाली बजारमा बिहिबारको तुलनामा आज ९शुक्रबार० छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो । बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन विहिबार पनि सोही मूल्यमा कारोबार भयो । तर आज भने १०० रुपैंयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।
गतहप्ता बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । लकडाउनको ७६ दिनपछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

LEAVE A REPLY