सतहमा देखिएका भ्रष्टिकरण र भिजिलान्तेकरणलाई संगठन सस्कृतीको रुपमा नबुझिदिनु होला

५ प्रश्न

आगामी २४ असोजमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति तोकिएको छ । र गत १९ जेठदेखि अवैद्य भएको आधिकारिक ट्रेड युनियनको म्याद अरु ११० दिन थप भएको छ र यसले वैद्यता पनि पाएको छ । हामीले नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेसँग ५ प्रश्न स्तम्भ अन्तरगत आधिकारिक ट्रेड युनियनको निर्वाचनको सन्दर्भ यस्को औचित्य र नेकपा निकट कर्मचारीहरु जित्ने आधार के के हुन त भनेर प्रश्न राखेका छौं

आधिकारिक ट्रेड युनियनको निर्वाचन २४ असोजमै हुन सक्छ ?
खुसीको कुरा हो,कोमामा पुगेका एउटा संस्थाले वैद्यता पाएको छ । तर अहिले मुलुकको पहिलो प्राथमिकता निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन होइन् । अहिले सिंगो मुलुक कोरोनाको कहरसँग लडिरहेको अबस्था छ । र यो अवस्थामा नागरिकको जिउज्यान जोगाउनु नै सरकारको मुख्य चासोको बिषय हुनुपर्दछ । त्यसमाथि अबको ११० दिनभित्रमा आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति तोकिएको छ । तर यो अवधिमा हामीले धेरै पूर्व तयारीहरु गर्नुछ ।
  के के तयारी ?
अहिले मुलुक संघीय संरचनामा गइसकेको साढे दुई बर्ष व्यतित भइसक्यो । तर कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको संरचना अहिले संघमा मात्र केन्द्रित छ । मुलुक संघीयतामा गए पनि सिबिएलाई पनि प्रदेश र स्थानीय तहमा लैजानु आवश्यकता छ । यी तीनै तहका सरकारसँग सौदाबाजी गर्ने गरी सिविए गठन गर्नुपर्ने अबस्था छ । यस्तै सिबिएको मतदाताका रुपमा कर्मचारी समायोजन भएर संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई त्यही तहका सिविएको मतदाता बनाएर नामावली टुंगो लगाउनु पर्ने छ । यस्का अलवा निर्वाचनको मितिको ७५ दिन अगावै निर्वाचन अधिकृत तोकिनुपर्दछ । हामीले सिविएको निर्वाचनको लागि टुंग्याउनु पर्ने कामको चाङ धेरै छन् । यी यावत बिषयहरु टुंग्याएर आगामी २४ असोज भित्रै निर्वाचन गर्न असम्भव होला । यद्यपि सक्दो प्रयाश गर्नुपर्नेछ ।
० आधिकारिक  ट्रेड युनियनका नेताहरु आफ्नो मात्र दुनो सोझ्याउने ढंगले लागे,कर्मचारीका हक हितमा केही काम गरेनन् भनेर यस कार्य अवधीको सिबिए नेतृत्वको आलोचना धेरै छ । त्यही कारण सिविएकै खारेजी गर्नुपर्ने आवाज कर्मचारी वृत्तबाटै उठिरहेको छ । के भन्नुहुन्छ ?
सबै संगठक र कर्मचारी साथीहरुसँग अपिल गर्दछु,सतहमा देखिएका भ्रष्टिकरण र भिजिलान्तेकरणलाई संगठन सस्कृतीको रुपमा नबुझिदिनु होला ।

अहिले आधिकारिक ट्रेड युनियनबाहेक अरु संगठन नै चाहिँदैन भन्ने आवाज पेचिलो ढंगले उठिरहेको छ । अरु दल निकट कर्मचारी संगठनहरु खारेज गर्ने तयारी पनि चल्दैछ भन्ने चर्चा छ । आधिकारिक ट्रेड युनियन भए पछि दल निकट कर्मचारी युनियनहरु आवश्यक किन ?

यो त लोकतान्त्रिक अर्थात बहुदलीय सरकारले राजनीतिक दलहरु खारेज गर्छु भनेजस्तै भयो । जसरी सरकार निर्माण गर्ने बिषय राजनीतिक दलको प्रतिनिधित्व विना सम्भव छैन । उसैगरी हो आधिकारिक ट्रेड युनियनका निर्माण हुने । राष्ट्रिय स्तरका पेशागत संगठनहरुको सहभागितामा आधिकारिक ट्रेड युनियन गठन हुने हो । नेपाल बारमा पनि राजनीतिक संगठन छ,पिलए र पिपिएलए । जसरी सरकार निर्माण गर्ने बिषय राजनीतिक दलको प्रतिनिधित्व विना सम्भव छैन् उसैगरी

राष्ट्रियस्तरका ट्रेड युनियनहरुलाई बन्देज लगाएर आधिकारिक ट्रेड युनियन बन्नै सक्दैन् । यो सम्भव छैन् ।

बरु राष्ट्रिय स्तरका ट्रेड युनियन व्यवस्थापनका लागि कार्यविधिहरु निर्माण गर्न सकिन्छ । त्यता चाहिँ ध्यान दिनु जरुरी छ ।

० तपाईहरुले चुनाव जित्ने आधार के हो ?
सिबिएको नेतृत्वले गत बिगतमा गरेका गल्ती कमजोरी सच्चाएर आम कर्मचारीको भाषा बोल्न थालेमा यो निर्वाचनमा पनि चुनाब नेपाल निजामती कर्मचारी संगठनले नै जित्नेछ । किनकी हिजो हामी एक्ला एक्लै र बेग्ला बेग्लै लड्दा हामीले नै विजय हासिल गरेका थियौं भने आज दुई संगठन एकै ठाउँमा भएका छौं । त्यही कारण मात्र हिजोका त्रुटीहरु सच्यायौं र आम कर्मचारीहरुको भाषा बोलौं उनीहरुको पीर मर्कालाई उठाऔं । नेतृत्वको चाकडीमा लागेर आफ्नो मात्र दुनो सोझो पार्ने काम नगरौं । अवश्य हाम्रै संगठनले विजय हासिल गर्नेछ ।

LEAVE A REPLY