प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड

प्रदेश १ सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सोमबार सार्वजनिक गरेको छ। सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्। बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालुतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ। अन्तरसरकारी वित्त हस्तान्तरणका लागि रु। २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ। उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ।

गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो।

आर्थिक बर्ष २०७७-७८ को बजेट बक्तव्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here