एउटै कार्यालयमा कार्यरत २ जना मोटरसाइकलमा यात्रा गर्ने पाउने कि नपाउने ?

सरकारले जोर विजोर प्रणालीमा निजी सवारी साधन चलाउन पाउने व्यवस्था मिलाएको छ । गत शुक्रबारदेखि चार पाङग्रे निजी गाडीलाई जोर बिजोर प्रणालीमा चलाउने निर्णय भएकोमा सोमबारदेखि दुई पाङग्रेमा यो नियम लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सँगै मोटरसाइकलमा भने एक जना मात्रै यात्रा गर्न मिल्ने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र एक जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेका बताए ।मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियमको अहिले व्यापक विरोध भइरहेको छ ।
सरकारले लागू गरेको नयाँ व्यवस्था अनुसार, दुई पांग्रे सवारी साधनमा अब एक जना मात्रै यात्रा गर्नुपर्नेछ ।
यद्यपि अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुका लागि प्रहरीले सहजिकरण गर्दै आएको ट्राफिक प्रहरी प्रमुख ढकालले सुनाए । जसअनुसार सरकारी कर्मचारीहरु,एउटै कार्यालयमा काम गर्ने कर्मचारी,स्वास्थ्यकर्मी र पत्रकारहरुको हकमा भने परिस्थिती र आवश्यकता हेरेर जान दिने गरेका ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here