भोलीदेखि सरकारले टेलिभिजन र रेडियोबाट पढाउने (तालिकासहित)

 

साढे दुई महिनादेखि लम्बिएको लकडाउनका कारण विद्यालय तथा शिक्षण संस्थाहरु खुल्न नसकेपछि सरकारले रेडियो र टेलिभिजन माध्यमबाट पठन पाठन सुचारु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।


सरकारले अब एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाइ गर्न  लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुल्सीप्रसाद थपलियाका अनुसार,  केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरेको छ । असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत रुपमा पढाइ सुरु हुने थपलियाले बताए । यस्तै कक्षा ९ र १० का विषयगत पाठहरु डिस होम, नेट टिभी र म्याक्स टिभीको स्कुल एजुकेशन च्यालनबाट प्रसारण हुनेछ ।

LEAVE A REPLY