सञ्चारकर्मी खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत

सञ्चारकर्मी चुरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगत सम्झाउँदै राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । “नबिर्सौं वीरताको गाथा” शीर्षकको राष्ट्रप्रेमले ओतप्रोत गीतमा चुरामणि खनालकै शब्द र संगीत रहेको छ । आवाजमा उनलाई मनिका विश्वकर्माले साथ दिएकी छिन् । बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्शा सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको गीतमा पनि सीमा रक्षाका लागि नेपालीहरुलाई अपिल गरिएको छ । यो आफ्नो पहिलो गीत राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने सर्जक चुरामणि खनालले बताए

LEAVE A REPLY