सबैका प्यारा प्रेम : भरियादेखि टानको जिम्मेवारीसम्म

हिमालको काखमा जन्मिए,हुर्किए र राजधानी शहरमा संर्घषशील एक उद्यमी हुन् प्रेम बहादुर लामा । उनका बाल्यकाल चौरी चराएरै बित्यो । जसरी बालगीत गुन्जन्छ लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ । चौँरीलाई चराउँदा दिन वित्छ पढ्न र लेख्न मुस्किल छ ।

यस्तो लाग्छ यो गीत लेख्नेले उनकै लागि यी गीतका शब्दहरु लेखिदिएका हुन् । लेकमा जन्मिएर कुहिरोसँग लुकामारी खेल्दै हुर्किएका प्रेम अहिले पनि चौँरी गाई, भेडा र बाख्रा लिएर गोठालो गएका दिनहरु सम्झिएर मुस्कुराउछन् । हिमाली भेग भन्नेवित्तिकै जोसँग बढीभन्दा बढी चौँरी, भेड र बाख्रा छ उनै धनी हुन्छ । जबकि पैसा छ भन्नुको कुनै औँचित्य रहँदैन । हो, प्रेम पनि बर्षाको सिजनमा गाईवस्तुहरु लिएर भोट जान्थे, हिउँदमा अछाम पुग्थे । भोटबाट फर्कदा थाप्लोमा नुन अनि अछाममा भेडा, बाख्रा बेचेर चामल ल्याउथे । प्रेमको बाल्यकाल यसरी नै बित्यो ।

हुम्लामा जन्मिएका प्रेमका संघर्षहरु सुन्दा आङ सिरिङ्ग भइदिन्छ । ‘पानीबिनाको खोलाको कुनै अस्तित्व नभएजस्तै संर्घष बिनाको मानिसको जिवनको कुनै अस्तित्व हुँदैन ।’ प्रेम यो शब्दसँग परिचित छन् । जस्ले बाल्यकालदेखि अहिलेसम्म आइपुग्दा मामुली संघर्ष गर्नुपरेन । त्यसो त त्यतिबेलाको प्रेम अहिलेको प्रेममा रुपान्तरण नभइदिएको भए हाम्रो भेट पनि कहाँ हुन्थ्यो र ! हुँदैनथ्यो होला । आज उनै संघर्षले खारिएर अकबरी बनेका सफल पर्यटन व्यवसायी प्रेमबहादुर लामासँग हाम्रा संवाददाता महेश्वर गजुरेलले अन्तरंग कुराकानी गरेका छन्ः

प्रेमबहादुर लामा । पर्यटन क्षेत्रमा जमेका व्यवसायीहरुको लागि यो नाम अनौँठो र आश्चर्य होइन । सबैले प्रेम को हुन् ? राम्रोसँग चिन्दछन् । त्यसो त विगतमा प्रेमले काम नगरेका क्षेत्रहरु सायदै गन्न सकिन्छ होला । अकबरी खुर्सानीलाई कसी लगाउनुपर्दैन भनेझैँ प्रेमको नाम जस्तो छ त्यस्तै छ स्वभाव पनि । सबैसँग मिलनसार, लगनशील र कर्तव्यनिष्ठ प्रेम सबैका प्यारा भएकै कारणले ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) मा सदस्य पदमा निर्वाचित हुन सफल भएका छन् । टानको हालै सम्पन्न ४१औँ अधिवेशनमा सदस्य पदमा विजयी बनेका प्रेमको विगत कहालीलाग्दो नै लाग्छ ।

हिमालपारिको देश अर्थात् हुम्ला । अति विकट भेग । जता हेरेपनि हिमालै हिमालको तस्बिर । तर, बाँदरको हातमा नरिवल भनेझैं छ हाम्रो हाल । चाल नपाएझैं कस्तुरीले विनाको । हो, यो उखान अझैँ पनि चरितार्थ हुन्छ, हुम्ला जिल्लाको साँस्कृतिक, प्राकृतिक सौन्दर्यतालाई राज्यले वेवास्ता गरेको देख्दा । साँस्कृतिक, प्राकृतिक एवं धार्मिक स्थल मानसरोबरको प्रवेशद्वारा भएर पनि पुरै बेवास्ता गरेर खिल्लि उडाएजस्तो । हुम्लाले पर्यटन क्षेत्रमा अनुपम उपनाम पाएको छ तर, यहिँ बेला गरीब जिल्ला भनेर परिचित गराउँदा कतै हर्ष बढाई गर्नुपर्ने अवस्था छैन । यहिँ भेगमा जन्मिएका प्रेम जिल्लाका मुहारमा विगतमाभन्दा चमकपन आएपनि अझैँ समस्याहरु ज्यूँका त्यूझै लाग्छन् ।
प्रेम दुख पोख्छन् ‘कता कता राज्यको आँखा नपुगेपछि गरीबीको चर्चा पाएको जिल्ला हो, हुम्ला । राज्यले यसतपर्फ ध्यानै दिन जरुरी ठानेन् । यो दुःखको कुरा हो ।’ समुन्द्री सतहबाट दुई् हजार नौँ सय १० मिटरको उचाईमा अवस्थित हुम्लाबाट नै तीर्थयात्राका लागि मानसरोबार ओहोरदोहोर गरिन्छ । हुम्ला मानसरोबारका प्रवेशद्धार मात्र नभएर कला, संस्कृति, तालतलैयाको मनोरम दृश्यले जोसुकैलाई लोभ्याउँछ । तर, यती धेरै सम्भावना र स्रोत भएर पनि हुम्लामा आन्तरिक र बाह्य पर्यटकहरुलाई अझैँ सहज मात्रामा भित्राउन सकिएको छैन । कारण बाटोघाटो, बिजुलीबत्ति, स्वास्थ्यलगायतका विविध समस्याहरु । हुम्ला पुग्नका लागि कालिकोटसम्म बस र त्यहाँबाट कम्तिमा एक हप्ताको पैदल यात्रा गर्नुपर्छ । अनि बल्ल पुगिन्छ सदरमुकाम । धार्मिक रुपले यहाँ विशेषगरि बुद्धिष्टहरुले लोसार, माने साकदावा पर्व मनाउछन् भने हिन्दुहरुले दशँ,ै तिहार पर्वहरु मनाउदछन् । जडीबुटीको पाटोमा हुम्ला यार्चा, चिराईतो, सतुवा, पाँचऔँले, भोल्ते जस्ता जडीबुडीको लागि प्रख्यात छ । बोटमा स्याउँका दानाहरु लटरम्म फलेको देख्न पाइन्छ । प्राकृतिक हिसाबले यति धेरै धनी जिल्ला हुम्लामा १४ असार ०३६ मा बुवा तन्जन लामा र माता कुङ्गा पाल्मु लामाको कोखबाट जन्म लिए प्रेमले । बाल्यकाल डाँडाकाँडामै लुकामारी खेलेर बित्यो । आजकालका केटाकेटीजस्तो जीवनशैली त्यो जमाना कहाँ थियो र ? विद्यालय जानुपूर्व बिहान घाँस, दाउँरा जानुपथ्र्यौ अनि बल्ल स्कुल । यसरी नै उनको बाल्यकाल बित्यो ।


त्यो जमाना, अध्ययन गर्नु भनेको पाप जस्तै मानिन्थ्यो । अध्ययनको गर्नेको जमात सीमित हुन्थ्यो । समाजमा वर्गीय विभेद त छँदै थियो । उनी तामाङका छोरा । स्कुलमा उपल्लो जाति भनेर कहलिएका ब्राह्मण तथा क्षेत्रीकै हालीमुहाली चल्ने । तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ उनले यो कहिल्यै
सोचेनन् दिमागमा । सोचे– पढेर ठूलो मान्छे बन्छु । रेकर्ड पनि तोडेँ । कक्षामा सधैँ प्रथम त बिरल्लै द्धितीय भए । उनको अध्ययन र लगनशिलता देखेर स्कुलका गुरु÷गुरुआमाहरु औँधी खुसी हुन्थे । पछि उनले गुरुको घरमै बसेर अध्ययन गरे । नेपाली र अंग्रेजी भाषामा विशेष दख्खल राखे । ०५५ मा एस.एल.सी (हाल एसइई) परीक्षा दिएका उनले दोस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरे । त्यसपछि सपनानगरीको राजधानी काठमाडौं प्रवेश गरे ।
यात्रा
तर कहाँ प्रिय छ र राजधानी ? यहाँ पाइला पाइलामा पहाड बनेर उभियो पीडा,अभाव र तनावका पर्खलहरु । एकातिर बढाउनु थियो अध्ययनको गति । अर्काेतिर महंगो शहरमा अड्याउनु थियो सास । त्यस्का लागि खोज्न थाले पार्ट टाइम जब । एउटा कहानी छ भगवानले भन्छन् रे तँ आँट म पुर्याउछु । नभन्दै इलम भेट्टाए ‘पार्ट टाइम’ चाबहिलस्थित एक कम्पनीमा । काम थियो घर घरमा सामान बेच्नुर्ने । कष्टपूर्ण जीवन । पछि बालाजुको चिया कम्पनीमा रोजगारीकै लागि पुगे । त्यहाँ पनि उस्तै काम । त्यस पछि ट्राभल एजेन्सीमा भित्रिए । एजेन्सीमा बिहान ७ बजे देखी बेलुका ११ बजे सम्म १६ घण्टा काममा जोतिनुपथ्र्यौ । मासिक १००० रुपौँया । यसरी रोजगारीको शिलशिलामा पर्यटन क्षेत्रमा लागे । त्यो समय देशमा जनआन्दोलन चर्किरहेको थियो । पर्यटकहरु आउने सम्भावना नै थिएन । प्रेमका काका भारतमा नै बसेर अध्ययन गरिरहेका थिए । पछि काका काठमाडौंमा आएर एक ट्राभल कम्पनी खोलेर व्यवसाय थालनी गर्नुभयो । उनले पनि भान्सेको जिम्मेवारी पाए । दैनिक ज्याला २०० रुपौँया । एक महिनभन्दा लामो समय काम गरे । किचनको जागिर छाडेर पाल टाँग्ने काम गरे । पछि गाईड बने । सन् २००३ मा तिब्बत होलीडे नामको टे«किङ कम्पनी स्थापना गरे । र, यात्राको रथ एक कुशल व्यवसायी बनेर हाँक्ने सोच बनाए । र, आज त्यहिँ संस्थाबाट प्रतिनिधित्व जनाउँदै टानको सदस्यमा पनि निर्वाचित हुन सफल भए ।

LEAVE A REPLY