संघर्षले खारिएका चोलेन्द्रबहादुर कार्की

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१औँ अधिवेशनका कान्छो उम्मेदवार हुन्, हिमालयन जोयँ एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र बहादुर कार्की । अध्यक्ष खुमबहादुर सुवेदी समूहवाट प्रथम उपाध्यक्ष पदमा विजयी भएका उनी ०६० बाट पर्यटन क्षेत्रमा अहोरात्र खटिदै आइरहेका छन् । पर्यटन मजदुर (पोर्टर), गाइड हुँदै टानको प्रथम उपाध्यक्षमा विजयी बन्न सफल उनी विशेष गरी समाजसेवामा रुचि राख्दछन् । सामाजिक संस्थहरु एड फर नेपाल, सुतार कार्की समाज, लायन्स र किवानीज क्लवमा पनि आवद्ध छन् । उनी सुतार कार्की समाजका केन्द्रीय अध्यक्ष हुन् । नेपाली पर्यटन प्रवद्र्धनका निम्ति स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवई लगायत देशहरुको भ्रमण गरिसकेका कार्की नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको उपसभापति समेत हुन् । व्यक्ति एक तर परिचय अनेकका रुपमा चिनाउन सफल उनै टानका प्रथम उपाध्यक्ष कार्कीसँग संवाददता महेश्वर गजुरेलले अन्तरंग कुराकानी गरेका छन् ।
‘कुराकानीको सुरुवातीमा कार्कीसँगको प्रश्न थियो, कसरी पर्यटन क्षेत्रमा होमिनुभयो ?’ एक दशकदेखि आफ्नै कम्पनीमार्फत निरन्तर पर्यटन क्षेत्रमा व्यवसायिक टेवा पुर्याइरहेका उनी पर्यटन मजदुर हुँदै ट्रेकिङ व्यवसायीको रुपमा स्थापित हुन सफल भए । त्यसो त उनी भन्छन्, ‘मजदुर र व्यवसायी दुबै पक्षको भूमिका निर्वाह गरेको हुनाले पनि मलाई अझ अघि बढ्न सहज भएको छ । यद्यपि, टानमा बसेर आफ्नो जिम्मेवारी वहन गर्न पाउनु सौभाग्य ठान्दछु ।’ ०६० मा सोलुखुम्बुबाट राजधानी काठमाडौं छिर्का यी ३१ बर्षिय युवा व्यवसायी कार्कीले पर्यटन मजदुर हुँदै एक सफल व्यवसायीका रुपमा कहलिए । सन् २०१० मा आफ्नै कम्पनी हिमालयन जोय एडभेन्चर स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याइरहेका छन् ।
सपनानगरीमा प्रवेश
१७ असार ०४४ मा सोलुखुम्बु, दुधकोशी–३, बासामा बुबा बज्र बहादुर कर्की र माता सुर्जीमाया कार्कीको कोखबाट जन्म लिएका उनको कखरा गाँउको पद्मकन्या प्राबिबाट आरम्भ भयो । एस.एल.सी. (हाल एसइइ) हिमालयन मा.वि.बाट पूरा गरी राजधानी छिरेका उनले सरस्वती क्यापसबाट मानविकीमा स्नातकसम्मको अध्ययन गरेका छन् । उनी विगत सम्झिन्छन्, ‘पारिवारिक स्थिति नाजुक थियो । त्यतिबेला बुवा पर्यटन गाइड भएर परिवारको गुजारा चलाउनुहुन्थ्यो । अफसिजनमा भरिया पनि नपाइने । सिजनामा मात्र काम हुन्थो । त्यही सिजनको कमाइले जहान धानिन्थ्यो ।’ बुवाको पसिनाले कमाएको रकमले कक्षा १० सम्म मिहिनेत गरेर अध्ययन गरे । उनको अध्ययन अब्बल थियो । धेरै जसो हुन्थे । गुरुहरुका आज्ञाकारी शिष्य थिए । गुरु, गुरुआमाले औँधी माया गर्थे । २०६० मा एस.एल.सी दिए लगत्तै सपना नगरी राजधानीको खाल्टोमा प्रबेश गरेका उनको एउटै लक्ष्य थियो–सफल व्यवसायी मान्छे बन्छु । ठूलो भन्नाले कस्तो ठूलो मान्छे ? उनी त्यतिबेलाको कलिलो सोचाइप्रति दया भाव देखाउछन् । यद्यपि, उनको सानैदेखि जेहोस् ठूलै र सफल मान्छे बन्ने सोख थियो । आर्थिक समस्या त छँदै थियो नै ।


ती दिनहरु…
पहिलो कुरा त आर्थिक अभावले नै उनलाई पर्यटन पेशामा हुत्यायो । तर, पर्यटन क्षेत्र पनि सिजनमा मात्र कमाई हुने अफसिजनमा हल्लिने काम मात्र हुन्थ्यो । जुन चपेटा उनले पनि खेपे । त्यसो त उनी राजधानी छिरेसँगै अध्ययन र पर्यटनको काम सँगै गर्दथे । कक्षाको परीक्षा र कामको चाप बढ्दाको क्षण सम्झेर उनी अहिले पनि अचम्मित हुन्छन् जब कि उनले दुवैलाई जसोतसो सजिलै हल गर्न सके । यदि परीक्षा र काममा एउटा बाधा भइदिएको भए? उनको अवस्था कस्तो हुन्थ्यो होला उनी अहिले पनि ती दिनहरु सम्झेर कहिलेकाही घोत्लिन्छन् । तर, उनलाई ती तमाम समस्याले जीवनको पाठ सिकाइदियो रे !

सोलुखुम्बु जिल्ला पर्यटकीय गन्तव्यको केन्द्रविन्दू हो, जुन भेगमा विश्वको सर्वोच्च शिखर सगरमाथा अटल भई उभिएको देख्न सकिन्छ । यहि भेगमा बाल्यकाल छँदा उनका बुवाले पर्यटन गाइड काम गर्दथे । बुवाले आफूँलाई पर्यटन गाइड बनाएर परिवार पाल्दाको समयमा उनी पनि पर्यटन गाइड नै बनेर बुवाको दुःख बुझ्न चाहन्थो । पछि केही समय पर्यटन मजदुरका रुपमा काम गरे । उनले यस समयमा धेरै नै दुःख खेपे । कमाई करी सकिन्थ्यौँ, पत्तै नहुने । तर, पनि नौँलो र रमणीय भेगतिर डुल्न पाउँदाका क्षण नै अनुपम लाग्ने । यसरी नै जीवनका उकाली र ओरालीका यात्राहरुसँग लडीबुडी खेल्दै उनी आफ्नो यात्रामा अविरल बगिरहे ।


यात्रा
पर्यटन क्षेत्रमा अविरल बगिरहदैँ गर्दा उनी अझ यस क्षेत्रसँग नजिकमा रहेर परिचित हुने मौँका पाए । जब उनको हिमालयन जोय एड्भेन्चर सञ्चालनमा आयो । प्रालिको सञ्चालक भएर पर्यटन क्षेत्रमा नयाँ तरिकाले बामे सर्दै गर्दा टानको प्रथम उपाध्यक्ष पदमा पनि विजयी भए । जस्ले उनको नयाँ पहिचान बनाइदियो । त्यसो त जीपी फाउन्डेसन सोलुखुम्बु जिल्लाका अध्यक्ष समेत रहेका उनी व्यवसायमा जति सक्रिय छन् त्यो भन्दा दोब्बर सामाजिक सेवाका क्रियाकलामा सक्रिय भई लागिपर्दछन् । उनी आफूले सकेको सेवा गर्नुपर्दछ भन्ने मान्यता स्थापना गर्न चाहन्छन् भने उनले विभिन्न विद्यालयहरुमा भौतिक पूर्वाधारको विकासमा पनि सहयोग गर्दै आइरहेका छन् । उनीसँग समाजसेवाको कार्यमा संलग्न हुँदाको एउटा क्षण अविस्मरणीय छ–कोठाभाडा नदिई समाजसेवामा लगानी । पछि विभिन्न तरिकाले कोठाभाडा व्यवस्थापन गरेका उनको यहिँ असल गुणका कारढण जिल्लामा बेग्लै पहिचान छ । त्यसो त समाजमा कसैले समाजसेवा एउटा अस्त्रका रुपमा लिएर गरिखाने भाँडोका रुपमा लिँदै पनि आएका छन् । तर, उनी त्यो विकृतिलाई निमिट्यान्न पार्दैँ अघि बढ्न चाहन्छन् । र, पर्यटन क्षेत्रमा पनि सदैव अहोरात्र खटिइरहन चाहन्छन् । टानको ४१औँ चुनावमा उठेर प्रथम उपाध्यक्ष बन्न सफल अर्थात् टानका कान्छो उम्मेदवार चोलेन्द्र कार्कीलाई आगामी यात्राको करोडौँ शुभकामना !

LEAVE A REPLY