गोरखालीका सान रामबहादुर गुरुङका संघर्षका कथा

कुनै कुरा राम्रो सँग सिक्नको लागि कि परेर सिकिन्छ कि पढेर । र यो कुरा पनि सत्य हो कि त्यो नै सफल हुन्छ जो पढेको भन्दा कुनै कुरा भोगेको । यस्तै पात्र मध्य एक हुन् राम बहादुर गुरुङ । जसले धेरै सर्घष गरेर नै सिक्ने अवसर पाए । आज उनै पात्र एक पर्यटन व्यवसायीको सफल पात्र हुन् । व्यवसायमा त उनी एक व्राण्ड नै बनेका छन् । यसका साथै उनी एक समाजसेवी, गाएक साथै फिल्म निमर्ता पनि हुन् । यस्तै समाजसेवी भावना भएकाले नै उनी हालै सम्पन्न भएको ४१ औं टानको सदस्य पदमा विजयी हुन सफल भएका हुन् । यो स्थानमा उभिनको लागि उनले समयसँग धेरै नै सिगारी खेल्नु परेको छ । यस्तो छ उनको विगत :
पृष्ठभुमी
समाज दुई वर्गाको छ एक हुुने खानी अर्को हुदाँ खानी तर मेरो पृष्ठभुमी भनेको मध्यम बर्गको थियो । पुर्खेंली सम्पती प्रशस्त नै भएको । त्यसलाई सदुपयोग भने गर्न नसकेको । मेरो जन्म भुमी यस्तो स्थान हो जसको नामले देशमा मात्र होइन विदेशमा पनि धेरै ख्याती रहेको छ । बरु नेपाल देश भन्दा न चिन्ला तर गोरखा भने पछि धेरै देशकाले चिन्छ । यो पहिचान दिनमा हाम्रै पुर्खाहरुको ठूलो भूमिका छ । यो यस्तो स्थान हो जसको चर्चा गरेर सिमा छैन । यस ठाउँको विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला हुन् । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदीनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । यस जिल्लाको उत्तरि भेगमा हिन्दु धर्मावलम्बिहरूको प्रसिद्ध श्री नारद पोखरी रहेको छ । हजारौं भक्तजनहरू बर्षंनि यहाँ रक्षाबन्धन अथवा जनै पुर्णिमाको दिनमा यहाँ स्नान गर्नको लागि ३,४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी नारद मुनिको पूजा गर्छन् । लमजुङ जिल्लाको सिमानामा अर्को पोखरी रहेको छ । जस्को नाम दुधपोखरी हो यो पनि उत्तिकै प्रसिद्ध छ । प्राकृतीक सम्पदाका साथै इतिहास बोकेको यही जिल्लामा मेरो जन्म भएको हो ।


बाल्यकाल
मेरो जन्म वि.सं २०३२ साल चैत १९ गते गोरखाको धार्चे गाउँपालिका सिम्ला ५ मा भएको हो । बुबा माहिला गुरुङ र माता राजकुमारी गुरुङको कोखबाट । परिवारको म कान्छो छोरा । गुरुङ जाती साथै गो.रखाली भएकाले ब्रिटिस आर्मीमा भर्ती गराउन सरकारले साथ दियो यहि अवसरमा मेरो दाजु पनि भर्ती हुनुभयो । तर, उहाँले धेरै सेवा भने गर्न पाउनु भएन् । १ बर्षको अवधीमा उहाँको मृत्यु भयो जसको कारण हाम्रो परिवार शोकमा नै डुव्यो । अध्यान त मैले कखरा गाउँमा नै विताएँ ५ सम्म त्यस पछि भने अवसर नै पाईन । आज धेरै नै दुख लाग्छ त्यती बेला अध्यान गर्न नपाउँदा । घर भरी वस्ूतु भाउ भएको छोरा पनि पढ्न जादा बस्तु हेर्ने मान्छेको अभाव त्यसैले पढाइ छाडेर नै गोठाले हुनु पर्यो । भेडा र वाख्रा चराउँदा मेरो भविष्य मेरो पुर्खाको जस्तो मात्र हुन्छ भन्ने लाग्यो त्यस पछी राजधानी छिर्ने निधो गरेँ । त्यस पछि मेरो यात्रा १९९२ मा काठमाण्डौंमा प्रबेश भयो ।


यात्रा टे«किङ
काठमाण्डौंमा प्रबेश गरेपछि मेरो यात्रा टे«किङतिरै भयो । किनभने मेरो सोच नै यहि थियो । भविष्यमा टे«किङ कम्पनीको मालिक बन्नु नै थियो । आफ्नै जेठान पर्ने एकजना हुनुहुन्थ्यो । उहाँकै सहायतामा धेरै ठाउँ घुमे र टे«किङ एजेन्सी भएका मान्छेहरुको सँग काम गर्न थालेँ । अह्रएका सबै काम गर्ने मेरो बानी थियो । सानो ठूलो केहि पर्वाह नगरी गर्ने बानीले नै मेरो भाग्य फिरिदै आयो । काम सिक्न तथा पैसा कमाउन मैले टे«किङ कम्पनीका मालिकहरुको घरमा पनि काम गरेँ । पोर्टर काम गर्दा सबैभन्दा धेरै समस्या भाषाको नै रह्यो । उनीहरुले बोलेको आफू नबुझ्ने आफूले बोलेको उनीहरुले । सबैभन्दा पहिले यहि समस्यालाई समाधान गर्नु पर्छ भनेर मैले भाषाको नै अध्यान गर्न थाले एक चित्त भएर । मेरो स्वभाव थियो मुस्कान सिहित सेवा यहि स्वभावले नै मेरो भाग्य परिवर्तन भयो । हसिलो वानी, ठट्यौली पारा, साथै राम्रो गाउने बानीले एक जना फ्रान्सेली नागरिकले आफ्नो देश लैजाने प्रस्ताब राखे । मेरो लागि उनी देवता नै सरह बने । आज जे छु उनैको कारणले छु । म उनीसँगै उनका देशमा गएँ १९९७ तिर । त्यहा गएर पनि भाषाको धेरै अध्यान गरेँ । २००० सालबाटनै पूर्ण रुपमा फ्रान्स भाषाको लिडरको रुपमा काम गर्न थालेँ । धेरै अफिसहरुमा लिडरको रुपमा काम गर्दै आएँ । अरुको अफिसमा काम गरेर सबैको अफिसको विकास गरेँ तर, आफ्नो भने उस्तै हाल । त्यस पछि मैले पनि आफ्नै अफिस खोल्ने निर्णय लिगेँ र २००९ आफैँले यात्रा हिमालय एडभ्यान्चरप्राइभेट लिमिटेड नामको एजेन्सी खोलेर चलाएँ । यो काम गर्दा सुरु सुरुमा चिसोले विरामी हुन्थेँ । त्यतीबेला एक मनले भन्थ्यो यो नै मेरो अन्तिम यात्रा हुनेछ तर, अर्को मनले भन्थ्यो यात्रा अझै धेरै बाकी छ । जब म सगरमाथा चढ्ने तयारीमा गर्थे, मेरो धर्मपत्नी सहित परिवारका सबैको आग्रह हुन्छ, भयो, अब नजाउनुस् ।’

तर म मान्दिनथेँ र तर्क गर्थे क्याप्टेनले विमान उडाउन छाड्यो भने के गर्ने ? हामी पनि हिमाल आरोहणको क्याप्टेन नै हौं । हामीले नेतृत्व नगर्ने हो भने अरूले हिमाल चढ्न सक्दैनन् । त्यसैले जानुपर्छ ।’भनेर तर, वल्ल तल्ल बेसक्याम्प पुगीन्थो ।


समाजसेवामा
वाल्यकालमा मैले राम्रो सँग अध्यान गर्न नपाएको ले नै मेलै धेरै विधालयहरु बनाएको छु । कती शिक्षकहरुलाई त म आफै पाल्छु । मैलै ७ ओटा गाउँमा पानीको सुविधा पनी पुराएको छु । स्वास्थ्य चौकीहरु प्नि बनाएको छु । करिव समाजसेवामा ३ देखि ४ करोड जती सेवा प्रदान गरेको छु । हाम्रो संस्थाबाट नै । मेरो गितहरु प्नि रहेको छ विशेष गरेर सालैजो भाका शब्दमा मैले गित लेखेको छु । मेरो प्यारो सिम्लागाँउ र सिङ्गा रुगाङ नामको गित लेखेको छु साथै आफ्नो जिल्लाको प्रमोड गर्नका लागि लेखाली रु(लेकाली सोल्टेनी) नमक चलचित्र पनि निमात्रा हुँ ।

LEAVE A REPLY