मालपोत कार्यालय खुले पनि जग्गा प्रशासनसम्बन्धी सेवा नहुने

साढें दुई महिना लामो बन्दाबन्दी पछि आजबाट देशभरका अधिकांश मालपोत कार्यालयहरु खुले । भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन पछि आइतबार
अधिकांश मालपोत कार्यालय पुन सञ्चालनमा आए । कार्यालय खुले । तर कार्यालय खुले पनि भूमिसुधार तथा मालपोत कार्यालयहरुबाट कार्यालयका आन्तरिक प्रशासन, अभिलेख व्यवस्थापन, मुआब्जा र जग्गाको न्यूनतम मूल्य निर्र्धारण, अड्डा अदालत तथा सरकारी निकायसँग सम्बन्धित आन्तरिक काम मात्रै भयो । भूमिसुधार तथा व्यवस्थापन विभागले विज्ञप्ति नै निकालेर कार्यालयमा नै पुगेर सेवाग्राहीले सेवा लिने जग्गा प्रशासन सम्बन्धी अन्य सेवा भने नदिईने स्पष्ट पार्यो । यी सेवाहरु कसरी सञ्चालन गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको र कुनै निर्णय भएपछि जानकारी गराइने विभागका सूचना अधिकारी संजिब नेपालले सुनाए ।

LEAVE A REPLY