राजनीति गर्ने कर्मचारीलाई राजिनामा दिएर राजनीतिको मैदानमा होमिन मन्त्री सिंहको चुनौती

 prakashman1-445x300

काठमाडौं, २३ भदौ : उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारी कर्मचारीहरुलाई राजनीतिक दलको कार्यकर्ता नबन्न आग्रह गरेका छन् । पूर्वाञ्चल र मध्य तथा  सुदुरपश्चिमाञ्चल क्षेत्रका जिल्ला विकास समितिकाे कार्यालय तथा नगरपालिका कार्यालयका प्रमुख एवम् अन्य कर्मचारीरु सहभागी रहेकाे समीक्षा गोष्टिको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताको काम गर्न सपथ खाएका कर्मचारीहरुलाई राजनीति नगर्न निर्देशन दिएका हुन् ।

उनले राजनीतिक दलको झोला नबोक्न निर्देशन दिदैं भने, “पार्टीको झोला बोक्ने काम तत्काल छाडी कर्मचारीको आफ्नो दायित्व बहन गर्नुस् ।” कुनै पनि बाहानामा राजनीति गर्न कर्मचारीलाई छुट् नहुने भन्दै उनले राजनीति गर्ने कर्मचारीलाई कडा कारबाही गर्न मन्त्रालयलाई निर्देशन समेत दिए ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका मन्त्री सिंहले राजनीति गर्ने कर्मचारीलाई राजिनामा दिएर राजनीतिको मैदानमा होमिन चुनौति समेत दिए ।

बिधी र प्रक्रिया पुर्याएर चुस्त दुरुस्त काम गर्न मन्त्री सिंहले कर्मचारीलाई निर्देशन दिदै जनताबाट कर्मचारीको लापरवाही र ढिला सुस्तीबारे धेरै गुनासो आउने गरेको भन्दै असन्तुष्टि जनाए । कर्मचारीतन्त्र पुरानै कार्यशैलीबाट चलेकोप्रति गुनासो गर्दै उनले अब कार्यसम्पादन नयाँ ढंगबाट हुनु पर्नेमा जोड दिए ।

जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय निकायका कर्मचारीलाई कामको बोझ भएकोप्रति आँफु जानकार रहेको भन्दै मन्त्री सिंहले कतिपय ठाउँमा पर्याप्त जनशक्तिका बाबजुद पनि राम्रा काम भएको बताए ।

आँफुले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाले देखी नै स्थानीय निकायको निर्वाचन गराउने प्रयास गरेपनि दलहरुकै असहयोगका कारण त्यो सम्भव नभएको भन्दै अब संविधान जारी भएको ६ महिनाभित्र निर्वाचन हुनेमा भने आँफु ढुक्क रहेको उनको भनाई छ ।

नेपाली कांगे्रसका तर्फबाट संविधानसभा सदस्य समेत रहेका मन्त्री सिंहले लामो समयसम्म देश अन्तरिम संविधानबाट चलाउनु राम्रो नहुने भन्दै संविधानसभालाई असफल बनाउने खेल भइरहेको बताए । उनले भने, “फेरी पनि संविधानसभालाई असफल बनाउने खेल भइरहेको छ । तर, यो खेल कदापी सफल हुने छैन ।”

तीन दिनसम्म चल्ने समीक्षा गोष्टिमा ४० जिल्लाका स्थानीय विकासअधिकारी र  ८७ नगरपालिकाका कार्यकारी प्रमुखहरुको सहभागिता रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here