जनविरोध थेग्न नसकेपछि धमाधम लकडाउन खुकुलो बनाउँदै स्थानीय सरकार

विगत ७० दिनदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन नभएसँगै सर्वसाधरण नागरिकहरुले लकडाउनको चर्काे विरोध गरिरहेका छन् ।
लकडाउनकै विरोधमा सर्वसाधरणहरुले प्रर्दशन गर्न थालेका छन् । व्यपक जनविरोध थेग्न नसकेपछि स्थानीय सरकारहरुले प्रशासनसँगको समन्वयमा आफ्ना बजार क्षेत्रलाई आंशिक खुलाउने निर्णय धमाधम गर्न थालेका छन् । यो क्रम राजधानी काठमाडौंकै केही स्थानीय तहका सरकारहरुले लकडाउन खुकुलो बनाउन सुरु गरिसकेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरपालिका भित्र संचालन हुने पसल तथा ने व्यवसायको लागि समय इसिमा तोक्दै लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेको छ। जेष्ठ २० गाते बसेको सो बैठकले अत्यावस्यक सामाग्रीको ओसारपसार सहज बनाउने तथा निर्माण सामाग्री खरिद विक्रीको कामलाई खुकुलो बनाउने निर्णय गरेको सो बैठकले फेन्सी ,कपडा ,स्टेसनरी तथा विधुतीय सामाग्री विक्री वितरण गर्ने पसललाई बिहान १० बजे सम्म खोल्न दिने  पनि निर्णय गरेको छ।

विराटनगर र बाँकेका स्थानीय सरकारहरुले आजदेखि लकडाउन आंशिक रुपमा खोल्ने निर्णय गरेका छन् । स्थानीय व्यापारी व्यवसायीको तीव्र दवाब आएपछि विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय प्रशासनले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । जसअनुसार अब विराटनगर बजार प्रत्येक दिन बिहानदेखि दिउँसो १२ बजेसम्म खुल्नेछ ।

जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बजार तथा पसल खोल्दा सामाजिक दूरी कायम गर्नुपर्ने, पर्याप्त सजगता अपनाउनुपर्ने समेत शर्त राखिएको छ ।बजारका अधिकांश पसल खुले पनि तत्काल होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, जिमखाना लगायत बढी भीडभाड हुने क्षेत्र भने खुल्ने छैनन् । विराटनगरका बैंकहरु भने बुधबारदेखि नै पूर्ण रुपमा संचालनमा आइसकेका छन् ।

यसैगरी, कोरोना संक्रमणको इपीसेन्टर बनेको बाँकेमा समेत बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय भएको छ । बाँकेमा अब निश्चित समय तोकेर पसलहरु खोल्न दिइनेछ । जसअनुसार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फर्निचर, भाडा पसलहरु आइतबार र बुधबार दिउँसो ११ देखि ३ बजेसम्म खोल्न पाइनेछ ।कपडा, फेन्सी जुत्ताचप्पल र गहना पसल सोमबार र बिहीबार तथा अटो मोबाइल्स, कोल्ड स्टोर मोटरसाइकल तथा साइकल र अन्य पसल मंगलबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म खुल्न सक्नेछन् । बैंकहरु भने हप्ताको ६ दिन नै खुल्न सक्नेछन् ।

LEAVE A REPLY