लोक सेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षणको पिसिआर रिपोर्ट अनिवार्य

लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ। आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरसको परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो।
आयोगले सोमबारएक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षाको मिति सार्वजानिक गरेको थियो । सहसचिव तहको परीक्षा आगामी २ आसरदेखि २६ गतेसम्म हुने आयोगद्धारा जारी सूचनामा उल्लेख गरिएको थियो । आज अर्काे सूचना जारी गर्दै सो परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार, काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ।

LEAVE A REPLY