यत्रो सांसदको के काम ? संविधान संशोधन गरी ५५ प्रतिशत कटौती गरौं

कोरोनाको कहरका कारण खर्च कम गर्ने भन्दै मन्त्री तथा सांसदहरुले कर्मचारी व्यापक कटौती गर्नुपर्ने बताइरहेका छन् । तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुदन किराँतीले उल्लेख्य रुपमा सांसदहरुकै संख्या कटौती गरि खर्च कम गर्न सकिने प्रस्ताव राखेका छन् । संसद किराँतीले अहिले संविधान संशोधनको तयारी चलिरहेको समयमा ५५ प्रतिशत सांसदको संख्या कटाउन प्रस्ताव गरेका हुन् । उनले भने, किन यत्रो धेरै सांसद राख्नु पर्यो नेपाललाई ? जनताले पनि संसदको संख्या धेरै भएको आवाज उठाइरहेका छन् । संविधान संसोधन गरेर ५५ प्रतिशत सांसदहरु पनि कटाइदिऊँ ।
यस्तै किराँतीले सेनाको संख्या पनि घटाउनुपर्ने माग गरेका छन् । प्लटिङ गर्ने, व्यापार गर्ने सेनाको के काम ? ‘सार्वभौमसत्तामाथि गम्भिर प्रश्न उठिराखेको बेला सिमानामा सेना खटाउन सकिँदैन भने सेनाको पनि संख्या घटाइदिऊँ । सेना आज प्लटिङ गर्दैछ, पेट्रोलपम्प खोलेर राज्यको तलब खाएर पेट्रोल भर्दै बसेको छ । सेनाको आफ्नै अदालत छ रे ! कता कता सुन्छु जेल पनि आफ्नै बनाउँदै छ । के यो दोहोरो राज्यसत्ताको अभ्यास गर्न खोजिएको हो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here