लोकसेवा आयोगद्धारा अन्तर्वार्ताको कार्यतालिका सार्वजानिक,२ असारदेखि सहसचिव तहको परीक्षा

लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ताको मिति तोकेको छ । गत ११ चैत्रदेखि लम्बिएको लकडाउनका कारण स्थगित हुँदै आएको सहसचिव वा सो सरहको अन्तर्वार्ता कार्यतालिका आयोगले आज सार्वजानिक गरेको हो । लोकसेवा आयोगको आज बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।आयोगका अनुसार विज्ञापन नम्बर १६६५३/०७६-०७७(आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४/०७६-०७७(आ.प्र.) नेपाल लेखा परीक्षण सेवा, १६६५५/०७६-०७७(खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१/०७६-०७७(आ.प्र.)नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ । कार्य तालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

LEAVE A REPLY