गृह मन्त्रालयद्धारा ४४ कर्मचारीहरुको सरुवा, काज तथा पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले एक पटक ठूलो संख्यामा ४४ जना प्रमुख जिल्ला अधिकारी सिडिओहरुको सरुवा गरेको छ । गत १८ जेठको मन्स्तिरको निर्णयबमोजिम सोमबार मन्त्रालयलगायत विभिन्न कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो । यसरी सरुवा तथा पदस्थापना हुनेहरुमध्ये जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक सिडिओ जीवन आचार्य सिडियो बनेर सङ्खुवासभामा पुगेका छन् । अर्काे साहायक सिडियो कृष्णबहादुर कटवाललाई महोत्तरीमा सिडियो बनाएर पठाइएको छ।

यस्तै रमेश न्यौपाने सुर्खेतबाट पाल्पा सरुवा भएका छन्। पाल्पाका सिडियो यादव सुवेदी गृहमा तानिएका छन् ।यस्तै आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य ढकालको गृहमै पदस्थापना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here