‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थाले’

 

प्रतिनिधिसभाका सभाको आजको बैठकमा सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्। आजको संसद बैठकको शून्य समयमा बोल्दै सांसद अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ? उनले प्रश्न उठाइन् ।
चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताएकी हुन्। ‘सांसद चौधरीले आफ्नो जमिन आफ्नो भन्‍न भूमि मिचाहा किन सोध्नुपर्यो भन्दै प्रश्‍न गरिन्। ‘आफ्नो जमिन मेरो हो भन्‍न पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याँक्छन रअ का एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन्। अति त्यो सपनाको योजनाविरुद्धमा बुरुक्क बुरुक्क उफ्रन थाल्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here