गजल

चोखो माया उसले सनाखत गरेको हो ।
मणि नचिनि भिल्लको बेइज्जत भएको हो ।।

विभेद गरी आज नरसंहार मच्चाइदिएछ
जसलाई नेता बनाउन बाबु सहादत भएको हो ।

रगत अभावमा अस्पतालमा श्रीमती मरिन अरे
जसले रक्तदान कार्यक्रममा रगत चढाएको हो ।

अधिकारकर्मी छोरी छाउघरमा हिजो सुतिछन
मञ्चमा भाषण मानौँ फगत सुनाएको हो ।

हत्या र बलत्कारमा रक्षक नै भक्षक बनिदिएपछि
आज धरधरी जगत रोइदिएको हो ।

सुशासनविद आज रङ्गेहात समातिएछन
सायद राजनेता बन्ने तागत देखाएको हो ।।

नेपालगंज ४ बाँके

LEAVE A REPLY