रासायनिक मलमा कालोबजारी

तोकिएको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई रासायनिक मल बिक्री गरेपछि जिल्ला प्रशासनले मलको स्टोरलाई सिल गरिएको छ ।
अनुदानका लागि आएको मल गत बुधबार अरुण गाउँपालिका ६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा अनाधिकृत रुपमा बेच्न राखिएको ४७ बोरा रासायनिक युरिया मल सिल गरिएको हो ।
प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल २ हजारमा बेचबिखन भएको थाहा पाएपछि जिल्ला प्रशासनले मल सिल गरेको हो । भुजेलको स्टोरबाट मल सिल गरिए पनि कहाँबाट आएको भन्ने खुल्न सकेको छैन ।

LEAVE A REPLY