यो बर्ष सरकारी कर्मचारीको तलब वृद्धि नहुने

अहिले अर्थ मन्त्रालयका कोर टिम बजेट निर्माणमा जुटेको छ । सिंहदरबारस्थित मन्त्रालयको ढोका थुनेर बजेट निर्माणको काम भइरहेको छ । कोर टिममा अर्थमन्त्री डा युवराज खतिवडासहित गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव शिशिर ढुंगाना, निमित्त राजस्व सचिव रामशरण पुडासैनीका अलवा अर्थमन्त्रीका ज्वाई डा रामशरण खरेल र बजेट महाशाखा प्रमुख धनीराम शर्माहरुलाई भ्याइ नभ्याई छ । झण्डै १७ खर्ब हाराहारीको बजेट आउने प्रारम्भिक आाँकलन गरिएको छ ।

कोरोनाका कहरका कारण यो आर्थिक बर्ष विशेष गरी बजेटले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिइने छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्रथामिकतामा राखिने घोषणा गरिएको छ । यस्तै बजेटमा कृषि उत्पादन बढाउन राहत सहितको घोषणा बजेटमा गर्ने छ ।
हरेक दुई बर्षमा निजामती कर्मचारीहरुको तलब वृद्धि हुँदै आएको छ । हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान अनुसार गत वर्षको बजेटमा तलब बढेकाले यो वर्ष वृद्धि हुँनेछैन् । यद्यपि कर्मचारी संगठनहरुले भने विभिन्न माग राखेका छन् ।

LEAVE A REPLY