लकडाउनपछि शनिबार पनि कार्यालय खोल्नेबारे छलफल सुरु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनपछि शनिवार समेत सरकारी कार्यालय खोल्ने बिषयमा छलफल चलाएको छ । लकडाउन पछि कसुरी प्रभावकारी रुपमा सरकारी सेवा सेवाग्राहीलाई दिन सकिन्छ भन्ने बिषयमा चलेको छलफलमा शनिवार समेत सरकारी कार्यलय खोलेर प्रभावकारी सेवा दिने बिषयमा छलफल चलेको हो ।
गत चैत्र ११ गतेदेखि शुरु भएको बन्दाबन्दी २ महिना बढी ब्यतित भइसकेको छ । लकडाउन अझैं कति लम्बिने हो ? ठेगान छैन् । यो लकडाउनको अवधिमा फ्रन्ट लाइनमा रहेर काम गरिरहेका बाहेक अधिकांश कर्मचारीहरु घरमै छन् । झण्डै ७५ प्रतिशतभन्दा बढी निजामती कर्मचारी लकडाउनका कारण घरमै छन् । लकडाउनमा लामो समय सेवा रोकिएको र अवस्था सामान्य भएपछि भिडभाड बढ्न सक्ने भएकाले शनिबार पनि कार्यालय खोल्नेबारे छलफल थालिएको हो । लकडाउनपछि शनिबार पनि कार्यालय खोल्नेबारे छलफल सुरु भएको छ । कर्मचारीहरूले त्यसका लागि आफूहरू तयार रहेको बताएका छन् ।

LEAVE A REPLY