“भारतलाई चिढ्याउने सरकारको नीति ठीक भएन”

डा बाबुराम भट्टराई

मेरो भनाइ आर्थिक पुनर्संरचनाका सन्दर्भमा हो। साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रुस, भारतलगायत सबै देशका शासकका सन्दर्भमा हो ।हरारीले भनेझैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने होइन, सबै मानव जाति एक भएर कोरोनाविरूद्ध लड्ने हो । नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानीसमेत भित्रन सक्छ । भारतलाई चिढ्याउने सरकारको नीति ठीक भएन । भारत इकोनोमी पावर हाउस बन्दै गएको छ । अब सरकारले चूनौती वा अवसर केको रुपमा सोच्ने हो त्यो सोचिहाल्नुपर्ने हुन्छ।

जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यबद्धता जनाइसकेका छौं। अब हामीले सार्वजनिक दन्तबझान गर्नुभन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कूटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ। त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मञ्च र अदालतमा पनि जाने तयारी गर्नुपर्दछ । यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here