आयल निगममा कर्मचारीहरुको कोराना परीक्षण, १ लाखको कोरोना बिमा

कोरानाको संक्रमण बढ्दै गएको परिस्थितीलाई मध्यनजर गर्दै नेपाल आयाल निगमले फ्रन्ट लाइनमा खटिएर जनताका सेवाका निस्किएका कर्मचारीहरुको परीक्षणलाई तिव्र पारेको छ । पहिलो चरणमा १४६ जनाको कोरानाको पिसिआर विधिबाट परिक्षण गरेको छ । निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पिसिआर विधिबाट परीक्षण गरिएको हो।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो ।

काठमाडौँबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिने अध्यक्ष राईको कथन छ ।  कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहितको) रु एक लाख बराबरको कोरोना बिमा गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here