यी हुन मन्त्रिपरिषद बैठकका तीन निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णयहरु गरेको छ । बैठकले संविधानको अनुसूची ३ मा रहेको निशान छापलाई संशोधन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही नक्सा अनुसार निशान छाप संशोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेर पछि खारेज गरेका राजनीतिक दल दर्तासम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको खारेजी र जगाउने अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता गर्न भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

LEAVE A REPLY