सरकारको अर्काे ऐतिहासिक निर्णय

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सरकारले हालै पारित गरेको नयाँ नक्सा कार्यान्वयनमा ल्याउने उद्देश्यले संविधान संसोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुनसक्छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा भारतबाट अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।

LEAVE A REPLY