हक्की स्वभावका प्रधानमन्त्री ओली

सुविन न्यौपाने ‘कान्जिभाई’

खड्कप्रसाद शर्मा ओली अर्थात केपीओली । विगत पाँच दशकदेखि देख्दै आएको अनुहार । कोहि अपरिचित छैन यो नाम र अनुहारसित।
वि.स. २००८ सालमा तेह्रथुमको छात्तेढुङ्गामा जन्मिएका हुन उनी । भनिन्छ, एक भाई र तीन दिदी बहिनीसित खेल्दै हुर्किएका ओली सानै उमेरदेखि निडर र हक्की स्वभावका थिए। सानै उमेरमा उनले आफ्नो आमा गुमाउन प¥र्याे । आफ्नो बाल्यकाल हजुरआमाको साथमा बिताएका ओली सानैबाट छुट्टै लक्षण भएको बताइन्छ ।
सानुमा सबैले माया गरेर धुब्र भनेर बोलाउथे रे । तेह्रथुम गाउँको स्कुलमा चार कक्षा अध्यापन गरेका ओली आफ्नो परिवारसँगै पछि झापा झरेछन् । झापाको आदर्श माविबाट एएसएलसी पास गरेका थिए । १६÷१७ वर्षदेखिनै राजनीतिक विद्यार्थी फाँटमा होमिएका ओली कम्युनिष्ट विचारधाराबाट खुबै प्रभावित हुँदै अघि बढेका रहेछन् ।
सिपी मैनालिसँगको सहयात्रा र सहयोगबाट २०२८ सालमा झापा आन्दोलको प्रमुख भूमिकामा रहेर त्यहाँको पूँजीवादी जमिनदारलाई परास्त गरी राजनीतिक यात्रामा फड्को मारेका थिए ।
उनी हरेक कुराको जवाफ कडा तरिकाले नै दिन्छन् । उनको त्यो स्वभाव विपक्षीलाई अफिम नै बन्छ। उनलाई सबै कुराको ज्ञान छ । सबै कुराको जवाफ सहज ढङ्गले दिन कैशलता उनमा छ ।
वि.स. २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका ओली   वि.स. २०२९ देखि २०४३ सम्म कष्ठकर जेलजीवन बिताउन विवस भएका थिए । जीवनको ऊर्जाशिल समय जेलमा विताउनु परेको ओली आफैं सुनाउछन् ।
उनको जेलजीवन शाहा वंशीय राजा शासन विरुद्धमा थियो । पञ्चायतको विरुद्धमा थियो। आफ्नो युवा जोस्,जागर ऊर्जाको समय जेलमा बिताउन परेकोमा दुःख समेत ब्यक्त गरेका थिए।
आफुले जेल जीवनबाट धेरै पाठ सिकेको जीवन, जनता र देशलाई राम्रोसँग बुझ्ने मौका पाएको उनले एउटा अन्तर्वार्तामा बताएका थिए । विद्यार्थी जीवनबाट सुरु भएको राजनीति अहिले नेकपा अध्यक्ष साथै देशको प्रधानमन्त्रीको हैसियतमा छन्।


नेकपा मालेको केन्द्रीय सदस्य साथै बाम मोर्चाको लुम्बिनी प्रमुख, वि.स २०४६ मा रास्ट्रिय युवा सङ्घको केन्द्रीय अध्यक्ष, २०४५ मा नेकपा एमालेको स्थाई कमिटी सदस्य भएका थिए । वि.स. २०५१ मा झापाबाट चुनाव जिते लगतै गृहमन्त्री समेत भएका थिए । वि.स. २०५६ सालमा झापाबाट पुनः बहुमतले चुनाब जितेसँगै एमालेको सातौं महाअधिवेसनमा पार्टीमा आन्तरिक लोकतान्त्रिकरणको मुद्दा उनकै पहलमा स्थापित भयो।
वि.स. २०६० सालपछि ओली झनै सफल रूपमा प्रस्तुत उदाए ।२०६२/०६३ पछि परराष्ट्रमन्त्री र उपप्रधानमन्त्री भएर आफूलाई अझै अब्बल रुपमा स्थापित गर्न सफल भए ।
२०६४ सालको चुनावमा भने हार चाखेका ओली पुनः २०७० मा भने बहुमतले विजयी भए । यस पटक उनी संसदिय दलको नेता भए र २०७२ मा पहिलो पटक देशका प्रधानमन्त्री हुनुभयो। जुन समय नेकपा एमालेको पार्टी अध्यक्ष आफै थिए! बामदेब गौतमसँगको सहकार्यले माधवकुमार नेपाललाई हराई अध्यक्ष बनेका ओली बामदेवसित खुबै नजिक थिए ।
आफ्नो श्रोताको ध्यान तान्न खप्पिस नेता ओलीको लोकप्रीय सहजै बढ्दै गयो। उनको उखान टुक्काले जनता हाँस्ने मात्र होइन केही सन्देशसम्म बोकेको हुन्थ्यो। उनी कहिले दुईचार वटा बादरहरू संविधान सभाको भवनभित्र पसेका छन् । तिनीहरूले हाँगा भाच्छन् रुख भाच्न सक्दैनन् । त कहिले हाम्रो पार्टी टेम्पु होइन एउटा डाईभर हुन् । जेट हो दुईटा डाईभर छौँ।

त, कहिले घरघरमा पाइप, त कहिले कुस्मा पर्वतहुँदै रेल त कहिले राइनो ईज राइनो । उनको यस्तो अभिव्यक्तिले कतिले बिरोध गर्थे त कती हाँस्थे त कतिले वास्तविक सोच्थे।

विविध कुराले हक्की स्वभावका ओलीलाई आफ्नो सहयात्री पनि त्यस्तै रहेको आरोप पनि छ। उनी निकट गोकुल बास्कोटा, प्रदिप ज्ञावली, हरिबोल गजुरेलदेखि एनमहरसम्म उस्तै रहेको भन्न समेत भ्याउछन् ।
पछिल्लो समय युवराज खतिवडालाई काखी च्यापेर गौतमलाई माछो माछो भ्याकुत्तो बनाउन उनको हक्की स्वभावले नै काम गर्यो । त उनको हक्की स्वभावले कहिले काहीँ प्रचण्डसम्म आच्छु आच्छु हुन्छन् ।
संविधानको विरोधमा मधेसका केही राजनीतिक दलको सपोर्टमा भारतले लगाएको नाकाबन्दीको खरो आलोचना गरेर झनै प्रख्याती कमाएका ओलीको जोस् जाँगर युवाको जत्तिकै देखिन्छ।
आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा अभिएरै आफ्नो कुरा राख्न नसकेर बस्नुपर्ने अवस्था आएको थियो। यो कुराले के स्पष्ट हुन्छ भने शरीर गलेपनी जोस् जागर मानसिकता हारेको छैन । अझै एक सांसदले त बैठकमै यो उमेरमा पनि कसरी यस्तो जागरुकता आउँछसम्म भनेकि थिइन्। साँच्चैओलीको हक्की स्वभाव र यो जागरुकता कहिलेसम्म रहला ?

LEAVE A REPLY