बाल्यकालिन पोषण

नेपालमा पाँच वर्ष मुनिका ७३ प्रतिशत बालबालिकाहरुमा बिभिन्न प्रकारको कुपोषण रहेको छ भने पाँच बर्षमुनिका बालबालिकामा ५३ प्रतिशतमा रक्तअल्पताको समस्या छ (NDHS 2016) बालबालिकाको मानसिक र शारिरिक विकास दुईवर्ष भित्रनै हुने गर्दछ त्यसैले उनीहरुलाई पोसिलो खाना खवाउनु पर्दछ। बालबालिकको दिमागको कूल बिकासको ८० प्रतिशत भागको बिकास २ वर्ष भित्रनै हुनेगर्दछ । तसर्थ, बच्चा कस्तो हुन्छ भन्नेकुरा २ वर्ष भित्रको पोषण अवस्थाबाट नै अड्कल गर्न सकिन्छ ।
यदी २ बर्षको उमेरमा बालबालिका कुपोषित भए जीवन भरनै असर हुन्छ । यदी कुपोषित आमाबाट जन्मेको बच्चा छोरी भएमा कुपोषणको चक्र निरन्तर पुस्तौँपुस्तासम्म चलिरहने सम्भावना हुन्छ । कुपोषणबाट हुने पुड्कोपना सहितको असरलाई पछि सुधार्न असम्भव हुन्छ । जीवनचक्रमा अधारित भएर स्वास्थ्यमा सुधार ल्याउन मातृपोषण स्तनपान, पूरक खाना, स्वास्थ्य सेवा, सरसफाई र स्याहारको कार्यहरु महत्वपूर्ण हुन्छन् । कुपोषण हुनबाट बचाउन बालबालिकालाई दिनहुँ पोषिलो खाना खुवाउनुपर्दछ ।पोषण शारिरिक र मानसिक विकासमात्र नभई रोगसँग लड्ने क्षमता पनि बढाउँछ ।
बच्चालाईमात्र पोषणयुत खाना खुवाएर हुदैन । गर्भवतीबेला देखिनै आमाको पोषण अबस्था र मानसिक अवस्थामा ध्यान दिनुपर्दछ ।गर्भवस्थामा साबिकभन्दा थप एक पटक खाना खुवाउनु पर्दछ भने खानामा चारै वटा समुहको खानेकुरा समावेश गरेको हुनुपर्दछ ।गर्भवतीअवस्थामा आमाले चौथो, छैटौ, आठौ र नवौं महिनामा गर्भवती जाँच गर्नुपर्दछ ।
गर्भवती जाँच तोकिएकै समयमा गरेमा रु ८०० यातायात खर्च वापत पैसा समेत पाईन्छ ।गर्भवती जाँच गर्दा आमा र बच्चाको अबस्था थाहा हुन्छ र आमा, बच्चालाई केही खतरा भए समयमै पहिचान गरी ब्यबस्थापन पनि गर्न सकिन्छ ।
याद राख्नुस सुत्केरी सधैं स्वास्थ्यसंस्थामै गराउनु पर्दछ । स्वास्थ्य संस्थामै सुत्केरी गराएमा तराइमा रु १०००, पहाडमा रु २००० र हिमालमा रु ५००० प्रोत्साहन भताकोेरुपमा नेपाल सरकारले उपलब्ध गराउदैै अएको छ । र, केही हिमाली जिल्लामा आमालाई प्रसब अबस्थामा खतरा भएमा निशुल्क हवाई उद्धारको सेवा छ। गर्भवस्थामा र सुत्केरी अबस्थामा रक्तअल्पता नहोस भनेर गर्भवती भएको, ३ महिनादेखी सुत्केरी भएपछि ४५ दिनसम्म दिनको एक चक्की अइरन चक्की खानुपर्दछ ।
अइरन चक्की स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविहरुबाट निशुल्क उपलब्ध हुन्छ । गर्भवस्थामा आमाले अईरन चक्कीमात्र नखाई जुकाको औषधिसमेत खानुपर्दछ । जुकाको औषधिले आमाको पेटमा परेका जुकालाई निस्कृय पार्दछ । जस्लेगर्दा आमाको शरिरमा रगतको कमि हुन दिदैन । गर्भवती अवस्थामा आमाले टि डि को खोप पनि लगाउनु पर्दछ । टि डि खोप स्वास्थ्य संस्थावा खोप केन्द्रमा कार्यरत स्वास्थ्थकर्मीले स्वास्थ्य संस्था वा खोप केन्द्रमै लगाइदिनुहुन्छ ।
गर्भवती जाँचजस्तै सुत्केरी भएपश्चात २४ घण्टामा, तेस्रोदिनमा र सातौं दिनमा सुत्केरी जाँच गराउनु पर्दछ । सुत्केरी भएको ४५ दिनभित्र आमाले भिटामिन ए को क्याप्सुल खानुपर्दछ । जस्ले शरिरमा भिटामिन ए को कमि हुन दिँदैन । त्यसको कमिले हुने बिभिन्न समस्यालाई टाढा राख्छ । गर्भवती र सुत्केरी आमाले वढि आराम गर्नुपर्दछ । गर्भवती सुत्केरीले धुमपान, मदिराकासाथै कुनै पनि लागुपदार्थ सेवन गर्नुहुदैन र स्वास्थ्यकर्मीको सल्लाहविना कुनै औषधि खानु हुदैन ।गर्भवती सुत्केरी र बालबच्चाको वरपर धुमपान गर्नुहुदैन ।आनावस्यक औषधिको सेवन, धुमपान र मदिरापानले वच्चामा बिभिन्न जन्मजात समस्या हुनसक्छ ।

नवजात शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान गराउनुपर्दछ ।
पहिलोपटक आउने पँहेलो बाक्लो बिगौती दुध नवजात शिशुलाई अमृतसमान हुन्छ । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतासमेत वढाउँछ । आमाको दुधमा शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु हुन्छन् । त्यसैले शिशुलाई जन्मेदेखी ६ महिनासम्म अरुकेही पनि खुवाउनु पदैन ।आमाको दुधमा शिशुलाई पुग्ने पानीको मात्रा हुन्छ । त्यसैले शिशुलाई पानी समेत खुवाउनु पदैन ।
आमाको दुधबाट बच्चालाई चाहिनेसम्पूर्ण पौष्टिक तत्बहरु पाइन्छ ।त्यसैले जन्मेदेखि छ महिनासम्म बच्चालाई आमाको दुधमात्र खुवाउनु पर्दछ ।आमाले शिशुको मागअनुसार पटक–पटक स्तनपान गराउनुपर्दछ । आमाले कम्तिमा एक दिनमा १० पटक स्तनपान गराउनुपर्दछ । दिउसो कम्तिमा ७ देखी ८ पटक स्तनपान गराउनु पर्दछ । रातीमा ३ देखी ४ पटक स्तनपान गराउनुपर्दछ । स्तनपान गराउदा सहि आसन र संम्पर्क हुनआवश्यक छ । स्तनपान विभिन्न तरिका (आसन) बाट गराउन सकिन्छ । बसेर, कोल्टे पारेर आदि । शिशुलाई दुध चुसाउदा आमाले आफ्नो स्तनलाई अर्धगोलाकार आकारमा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भाग धेरैजसो माथि हुनुपर्दछ र अरु औँला स्तनको तल पट्टि हुनुपर्दछ ।

उपयुक्त आसन भन्नाले निम्न कुराहरु मिलेको हुनुपर्दछ ।
* शिशुको शरिर सिधा ।
* शिशुको शरिर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ ।
* शिशु आमासँग टाँसिएको हुनुपर्दछ ।
* आमाशिशुको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्दछ ।

उपयुक्त सम्पर्क भन्नाले निम्न संकेत रहेको हुनुपर्दछ ।
* शिशुको चिउडोले आमाको स्तन छोएको हुनुपर्दछ ।
* स्तनको धेरैजसो कालो भागशिशुको मुखभित्र हुुनुपर्दछ ।
* शिशुको तल्लो ओठबाहिर फर्केको हुनुपर्दछ ।
* शिशुको मुख पुरा खुलेको हुनुपर्दछ ।

बच्चा ६ महिना पूराभएपछि आमाको दुधसँगै अरु पूरक खाना खुवाउनु पर्दछ । बच्चालाई कम्तीमा दुईवर्षसम्म आमाको दुध खुवाउनु पर्दछ । याद राख्नुस है आमाको महिनावरी फर्केपछि दम्पतीले सल्लाह गरी तुरुन्तै परिवार नियोजनका उपयुतm साधन प्रयोग गनुपर्दछ । पूरक खानामा बालबालिकालाई चारवटै खाना समुहको खाना मिसाई खुवाउनुपर्दछ ।
चारै वटा खानाको समुह भन्नाले,
१) अन्न
२) गेडागुडि
३) पशुपंक्षीजन्य खानेकुरा
४) फलफुल तथा हरिया सागसब्जीहरु भनेर बझ्नुपर्दछ ।

बच्चा ६ महिना नपुग्दै पूरक खाना खुवाउँदा बच्चालाई बिभिन्न संक्रमण हुनसक्छ । बालबालिका ६ महिना पूरा भईसकेपछि पूरक खाना नखुवाउदा शरिरमा चाहिने पौष्टिक तत्वहरु प्राप्त हुदैन र बालबालिकाको वृद्धि र बिकास ढिलो हुुने गर्दछ । पूरक खाना तयार गर्दा सधैं आयोडिन नुन प्रयोग गर्नुपर्दछ ।
बालबालिकालाई पूरक खाना खुवाउँदा बच्चाको उमेर, मात्रा र वाक्लोपनाले विशेष महत्व राख्दछ । पोषिलो पूरक खाना हामीले आफ्नो वरपर भएको खानेकुरालाई नै सही र सजक तरिकाले बनाउँदा नै खाना पोषिलो हुन्छ । बच्चाको लागि घरमै सहज तरिकाले पोषिलो जाउलो, लिटो आदि बनाउन सकिन्छ ।

Ref.  National protocol for IYNCF practice

६ देखि ९ महिना सम्मको बालबालिकालाई आमाको दुधसाथै दिनमा तीन पटक पूरक खाना खुवाउनु पर्दछ खाना खुवाउन शुरुगर्दा २/३ चम्चा सुरु गर्नुपर्दछ र बिस्तारै एक पटकमा एक चिया गिलास अर्थात १२५मि.लि बराबरको खाना खुवाउनु पर्दछ । ९ देखि १२ महिना सम्मको बालबालिकालाई आमाको दुध साथै दिनमा तीन पटक पूरक खाना खुवाउनु पर्दछ र एक पटक खाजा खुवाउनु पर्दछ । हरेक पटकमा एक चिया गिलास वा १२५ मि.लि बराबरको खाना खुवाउनु पर्दछ ।१२ देखि २४ महिनासम्मको बालबालिकालाई आमाको दुधकासाथै दिनमा तीन पटक पूरक खाना खुवाउनु पर्दछ खाना खुवाउन पर्दछ । दुई पटक खाजा खुवाउनु पर्दछ हरेक पटकमा दुई चिया गिलास अर्थात २५०मि.लि. बराबरको खाना खुवाउनु पर्दछ । *(National Protocal)

बच्चाको पूरक खाना तयारगर्दा सधैँ साबुनपानीले हात धुनुपर्दछ । समय समयमा नङ्ग काट्नु पर्दछ । साथैँ खानेकुरा राम्रा संग पकाएर वा धोएर खानु र बच्चालाई खुवाउनुपर्दछ । साथसाथै सधैँ शुद्धिकरण वा उमालेको पानीमात्र खानु पर्दछ र बच्चालाई खुवाउनुपर्दछ ।

बालबालिकालाई खुवाउने खाना नरम बनाईएको हुनुपर्दछ । बालबालिकालाई खाना खुवाउन शुरु गर्दा सजिलोसंग खान नमान्ने हुन्छन् त्यसैले उनीहरुको तोकिएकोमात्रा पूरा खुवाउनका लागि परिवारको सम्पूर्ण सदस्यहरुको सकृय सहयोगमा बालबालिकालाई खेलाएर,डुलाएर,घुमाएर र फकाए धैर्यतापूर्वक खाना खुवाउनु पर्दछ ।
बालबालिकालाई सधैंसफा ठाउँमा राख्नुपर्दछ र घरवरपरको वातावरण पनि सफा राख्नुपर्दछ । खानाहरु पाकेको र नपाकेको छुटै छुटै राख्नुपर्दछ । सधैं राम्रोसंग पाकेको खानेकुरामात्र खुवाउनुपर्दछ । पाकेको खानालाई राम्रोसँग छोपेर राख्नुपर्दछ । बासीखानेकुरा खुवाउनुहुदैन ।

अभिभाबकको बानीलेबच्चामा प्रतिकुल असरपार्दछ । यहीकारण अभिभावकले उपयुक्त र राम्रो बानी–व्यवहार गर्दा बच्चाको शारिरिक र मानसिक बिकासमा पनि राम्रो असर पर्छ ।
बच्चालाई केही अप्ठ्यारो भए, रुन्चे लागे, ज्वरो आए,पखाला लागेमा वा कुनै पनि समस्या आएमा तुरुन्तै स्वास्थकर्मीकोमा लागि समयमै उपचार वा सल्लाह लिनुपर्दछ र बच्चालाई औषधि दिएको भए स्वास्थकर्मीले भने बमोजिम औषधिको मात्रा, पटक, अबधि पुरा गर्नुपर्दछ । बालबालिकालाई राष्ट्यि खोप तालिका अनुसार खोप लगाउनु पर्दछ र पोषण स्थिति पनि प्रत्येक महिना (२ वर्ष सम्म) जाँच गर्नुपर्दछ । बाल स्वास्थ्य कार्डलाई सुरक्षित राख्नुपर्दछ र खोप र पोषण स्थिति जाँच गर्दा सधैं लाग्नुपर्दछ । ६ महिना देखि ५९ महिनासम्मका बच्चालाई वैशाख र कार्तिक महिनामा हुने राष्ट्रिय भिटामिन ए को अभियानमा सहभागी गराई जुकाको औषधि र भिटामिन ए खुवाउनु पर्दछ । समुदायमा हुने स्वास्थ्यका छलफल र आमा समुहको बैठकमा नियमित उपस्थित भई स्वास्थ्य संबन्धि जानकारी लिनु पर्दछ साथैं परिवारका सम्पूर्ण सदस्यको स्वास्थ्यमा सजक रहनुपर्दछ ।

LEAVE A REPLY