लकडाउनले फेरीएको प्रतिमाको दैनिकी

बाहिरको चिरविरावट वातावरणबाट शान्त ।कोइलीको को हो अनि धर्तिको राम्रो स्वासप्रश्वास । मृगहरुको खुसियाली । आज लकडाउनको दशौँ दिन । एक्लो कोठे जीन्दगीमा आज उकुसमुकुस हुन्छे प्रतिमा । सुरुमा अफिस बिदा भएपनि कलेजको परिक्षा र आयोगको परीक्षा तयारी भन्दै घर नगएकी उ सधैँ एकलकाटे जीन्दगी बिताएकी भएपनि अत्तालिन्छे । हातमा पुस्तक छ । मनमा दशथोक छ । महामारीको समाचारले डराउँछे । प्लेग रोग ४ वर्ष चल्दा २० करोडको मृत्यु भएको समाचारले अत्तालिन्छे । युरोपमा एकतिहाइ मरे भन्ने समाचार पढेर रुन्छे । मरियो भने यो पढाई यो जागिरको के काम सोच्छे । अफिसमा फुर्सदमा अनि कोठामा किताब नछोड्ने नवबिबाहित दम्पत्ती जस्तो नछोड्ने कसम खाएकी उसको सम्बन्ध जेठाजु बुहारी जस्तो भैसकेको छ । कोरोना पुस्तकले सार्छ सोचे जस्तो ब्यबहार गर्न थालिसकेकी छ । घुम्न जाने अवस्थापनि छैन । खासै कुरा गर्ने साथी पनि छैन । एक्लोपनको महसुस गरिरहेकी छे । एक जना साथीको पर्खाइमा बसेकी छ । एउटा सबथोक सेयर गर्ने एक्लोपन महसुस हुन नदिन साथी खोजिरहेकीे छे ।

उसको दिलले अनि आँखाले ।लामो समयपछि डिएक्टिभ गरेको फेसबुक खोल्छे । त्यहाँ सवका घरमा रमाइलो गरेको,कति कवि,कति लेखक त कति टिकटक हिरो हिरोइन भएको ,फेसबुकमा पुराना फोटो खोजि खाजि कमेन्ट गर्नेको भेल देख्छे । आफ्नो साथी लक्ष्मीको स्टाटसमा आफूले कमेन्ट गरेको तल एक जना केटाले कमेन्ट गरेको देखि उसको मनपग्लिन्छ । पुरै प्रोफाइल खोलेर हेर्छे ५० भन्दा बढी म्युचुअल भएको त्यसले खोजे जस्तै रोजे जस्तै मिलनसार , सोझो , उच्च पदमा कार्यरत, अविवाहित , बहुमुखि प्रतिभाशाली जस्तो लाग्छ ।आफ्नो मिल्ने साथी लक्ष्मी र रविनालाई त्यो केटा साथी भएको देखेर सोध्छे । लक्ष्मिले बहुमुखी प्रतिभाको धनि , मेहनती केटा, नेपाल सरकारको सचिव हुने दखल राख्ने केटा हो रिक्वस्ट पठाउन भन्छे तर पठाउन लजाएर लक्ष्मीलाई भनेर उसको क्रस रमेशलाई त्यताबाट पठाउन भन्छे । लक्ष्मीले पनि कुरा बढाइ चढाइ गरिदिन्छे । तर रविनाले मनमनै रमेशलाई मन पराएकिहुन्छे र आगो हुन्छे र भन्छे तिम्रो इच्छा । आजकलका को केटाको के भर हुन्छ र बोल्छन एउटा गर्छन अर्को मनसँग भन्दा शरिरसँग खेल्न खोज्छन ।
एकछिन मष्तिस्क मन्थन गर्छे अन्ततः साथी बनाउने निष्कर्षमा पुग्छे । उसलाई लाग्छ मनपरे बिहे गरुला नत्र त राम्रो साथी त भइन्छ नि पढाईमा पनि सहयोग गर्ने मेहनती केटा छ नि त्यो । कुरा सोच्न थाल्छे रातको दश बजे रिक्वस्ट आउँछ ।नेपोलियनले विश्व जिते भन्दा खुसी हुन्छे । आँफुले अघिल्लो साल खरिदार , नासु , अधिकृत र संस्थानमा परीक्षा दिएको अधिकृतमा असफल नासुको जागिर खाको खरिदारको अन्तरवार्ता पनि नदेको हो । वायुसेवा निगम छोडिदिएको होनि । योभन्दा राम्रो पाए अरुसँग गरुला खरिदार छोडि नासु खाए जस्तो नत्र सबैमा पोक्त यो छनि ।

आखिर लोकसेवा पास गरेपछि जागिर खानुपर्छ के छ र नत्र किन वैकल्पिक सुचि किन निकालिन्थ्यो । त्यस्तै प्रेम गरेपछि बिहे गर्नुपर्छ भन्ने पनि छैन नि । प्रेमको अन्तिम विन्दु बिहे हैन नि ।

बिहे अघि जति सँग पनि गर्न सकिन्छ नि । प्रेम गर्नु अपराध हैन धोका दिनु पो हो त । आखिर मलाई प्रपोज गर्ने केटा भन्दा सोझो इमान्दार नि देखिन्छ नि । फारम नभरेर कहाँ नाम निस्कन्छ नि । यो सँग भए पास नत्र प्रेमको पहिलो अभ्यास त हुन्छ नि । फेरी सोच्छे म जस्तो संस्कारी केटीले यस्तो काम गर्नु हुन्न । रविनाले भनेजस्तो मेरो अस्मिता लुट्न खोज्ने पर्यो भनेनि । यो परिपक्व उमेरमा मायाजालमा फस्नु हुन्न । निद्रा लाग्दैन आखिर सबै साथीको त ब्वाइफ्रेण्ड थिएनी म सोझि भएपनि कतै लभ नपरेको केटासँग मेरो बिहे हुन्छ भन्ने ग्यारेन्टी छैन नि । अन्तत: रिक्वस्ट एसेप्ट गरेर सुत्छे ।
रमेश पनि के कम थियो र निजामति सेवामा कार्यरत केटीको अनुरोधमा भर्खर कलकलाउदो उमेरकी निजामति केटीले रिक्वस्ट पठाउन लगाएर एसेप्ट एकछिनमा हुुँदा खुसीले भुँइमा खुट्टा हुदैँन । उसलाई ढुँगा खोज्दा देउता भेटेको भान हुन्छ । हाई लेख्छ । प्रतिमा अफ भैसकेका हुन्छे । दुवै मिले लभ नमिले टाइमपास उद्धेश्यले बोल्छन । स्वार्थ मिलेपछि सम्बन्ध नि मिल्दो रैछ ।
एक अर्काले सोचे भन्दा राम्रो भेटाएकोमा आफुलाई भाग्यमानी दावी गर्छन । प्रेमालापका कुरा घण्टौँ गर्छन् । फुर्सदिलो समय । निशुल्क वाइफाइ । अडियो कल,भिडियो कल,च्याट जति गरेनि हुने । छिन छिनमा फोटो अपलोड गर्छन । गीत सुनाउने , टिकटक भिडियो आदन प्रदान त दैनिकी बनेको छ उनीहरुको । छिन छिनमा फोटो पठाउने गर्छे प्रतिमाले । रमेशलाई फोटो पठाउन मात्र पनि कपडा दिनमा ५ जोर फेर्ने गर्छे । नचिनेको नभेटेको भएपनि लक्ष्मीको मध्यस्थताले राम्रो साथी भैसकेका हुन्छन । मनका बह पोख्ने साथी भएकाछन् । मानौँ उनीहरु जन्मेदेखिका साथी हुन । लकडाउन प्रवाह छैन । बेलुका १० बजे सुत्ने उनीहरु गफ गर्दै भाले बास्ने बेला भएको पत्तै पाउदैनन । उनीहरुले फोटो हाल्नु उद्धेश्य पहिलो कमेन्टको आशामा हो । सम्बन्ध दिन दो गुणा रात चौगुणा झाँगिदै गएको छ । आफुलाई एक जना अरुले म्यासेज गरेको समेत सेयर गर्ने भै सकेका हुन्छन । उनीहरुको सम्बन्ध लैना मैजु , मुना मदन र मधुमालतीकोसँग तुलना गर्न पछि पर्दैनन ।
फोनमा अनि भिडियोमा तन मन धन साटिरहेका हुन्छन । धेरै फेसबुकमा लाइक कमेन्ट गरेको देखेर लक्ष्मी मैले मिलाइदेको जोडि मिले देखि खुसी भएकी हुन्छे । रमेशको स्टाटस एकदिन प्रतिमाले सेयर गरेपछि रविनालाई जलन हुन्छ अनि उसको साथी हरिलाई भन्छे अनि सम्बन्ध विगार्न हरिले म्यासेज गरेपनि द्धन्द निम्तिनुको सट्टा सुमधुर भएर जान्छ ।
भेट भएका छैनन । जानकारी छैन एक अर्काको तर उनीहरुको ब्यबहार एक अर्का बिना रक्तसंचार बन्द हुन्छ जस्तो गर्छन । कोरोनाको महामारीले विश्वमा धेरैको सिन्दुर पुछिएको हुन्छ । धेरैको काख रित्तिएका छन । सबैको आँसु साच्ने हो भने प्रशान्त महासागर भन्दा ठूलो पीडा हुन्छ ।
स्वास्थ्य मन्त्रालयले पटक पटक कोरोना महामारी अपडेट गराइरहेको हुन्छ । विश्वको घटना हेर्छन । नेपालमा कोहि मरेका छैनन भनि गर्व गर्ने गरेकोमा मृत्युको समाचार बाहिरिन्छ । मृत्यु प्रमाणित नहुदै मृत्यु भएको समाचार लेख्न होडबाजी सामाजिक संजालमा छ । फोटो प्रदर्शनमा प्रतिष्पर्धा चलिरहेको छ । मृत्युलाई मजाक सोच्ने खेल चलिरहेछ सामाजिक संजालमा । नेपालको नक्सालाई लिएर सामाजिक संजालमा वाद प्रतिवाद । कोरोना नियन्त्रणमा चालेको कदम अनि लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ता गर्न सरकार कम्मर कसेर लागेको समाचार बाहिरिन्छ । सरकारले निशाना छाप, संविधान , पाठ्यपुस्तकमा समेत अव नयाँ नक्सा उल्लेख गर्ने भनेकोे हुन्छ । कदमको स्वागत गरिएको हुन्छ । कतिपय आलोचकले नक्सा मात्र भएर के गर्नु भूमि कायम छिटो भइदिएहुन्थ्यो भनिरहेकाहुन्छन । यस्ता समाचार सुनाउन हतार भएको हुन्छ ती एक अर्काले ।कहिले यहि समाचार सुनाउने बहानामा फोन गर्छन ।
कोरोना राजनीतिका कुरा गर्छन । लकडाउन भएको एक हप्तामामै पाँच किलो चामल राहतको नाममा वितरण गर्नेहरु आज के गरी रहेका होलान भनेर कुरा गर्दछन । दैनिक ज्यालादारीहरुका लागि कुनै लोकप्रिय कार्यक्रम नीति र कार्यक्रममा आउनु पर्ने भन्छन । हूँदा खानेहरु छिटो लकडाउन खुलोस चाहन्छन । हामी नखुलोस चाहन्छौँ । उनीहरु भोको पेट भर्न चाहन्छन । हामी कोरोना पैmलिन रोक्न बच्न चाहन्छौँ दुबैको स्वार्थ एउटै छ है बाँच्ने जस्तो तिमीले मलाई चाहने मैले तिमीलाई चाहने जस्तो रमेशले भन्छ प्रतिमा लजाउछे चुप बस्छे । अनि फोन राख्छन । ५ मिनेट पछि फेरी प्रतिमाले फोन गर्छे काठमाडौँबाट पास लिएर तराइ गएकोलाई कोरोना लाग्यो रेन्त । राजधानीमा पनि फैलिने भयो । कर्णालीमा बिरामी हुनेले एम्बुलेन्स पाउदैनन । उपचार गर्न गएका रु लकडाउन उल्लंघनको नाममा कुटिन्छन । यो लकडाउनमा जान आउन कति सजिलै दिने है दिन त पावरकै रैछन उनीहरुले विताउने भए प्रतिमा भन्छे अनि रमेशले भन्छ कुनै काम पो थियो कि । अनि हाँस्दै भन्छ अरु केटीलाई वास्तै गरिन तिमीसँग लक्ष्मिले भन्न वित्तिकै बोलेनि यस्तै त होनि । कसैको बोलि बिक्छ रे । समाचारमा आउँछ क्वारेन्टाइनमा राखेका एक युवकको मृत्यु। रातमा बान्ता आउदा एम्बुलेन्स बोलाए रे आउन मानेन रे कोरोनाको कारण मृत्यु । अनि विचारा एक जना सुत्केरीको पनि अस्पतालमा मृत्यु भएछ भनेर प्रतिमाले फोन गर्छे । अन्य देशमा ६० वर्ष माथिकाको मृत्यु हुन्थ्यो यता त २५,३० वर्षको ज्यान गएछ । अब सरकारले नयाँ रणनीति ल्याउनुपर्छ । क्वारेन्टाइनको गुणस्तर सुधार गर्नुपर्छ । युरोप हुन दिनु हुन्न भन्छन । चीनले कोभिडमा अमेरिका भन्दा धेरै सुधार गर्यो है । विना हातहतियार विकासमा विश्व कब्जा गर्यो है भनि प्रतिमा भन्छे जिस्कदैँ रमेश भन्छ तिम्रो दिलमा मैले हतियारले हो र कब्जा गरेको मेरो वौद्धिक क्षमताले हो नि दिमाग लगा पासा दिमाग ।

सब दिमागको खेल हो । मेरो साथी निर्मलको नी यस्तै लभ थियो पछि नाम निकालेपछि छोडि यस्तै बढुवा भएपछि तिम्रो नि ताल त्यस्तै होला नि रमेशले भन्छ । कुरा के हुने हाम्रो लकडाउनपछि भेटेपछि थाहा हुन्छ भन्छे तर तन मन सबै खोलिसकेका हुन्छन । आफ्नो साथी लक्ष्मी रविना लगायत सबै साथी अहिले मायाजालमा फसेकाछन । बोल्ने फुर्सद छैन उनीहरुको नि के हुन्छ थाहा छैन । नभेटि के हुने के थाहा भन्छे । आधुनिक प्रविधिले ल्याएको सामिप्यताको कुरा गर्छन । यस्तै सामाजिक संजालमा ३१ जना काठमाडौँ महानगरपलिकाका सरसफाइ कर्मचारीलाई आरडिटि पोजिटिभ देखियो रे भन्छे रुन्छे फकाउँदै रमेश भन्छ फेसबुकको समाचार सबै सत्य छैन फेरी पिसिआर नेगेटिभ आउन सक्छ नि । केहि दिनमा कुनै समाचार नसुनिदा पिसिआर नेगेटिभ अनुमान गर्छन । अनि किन डराउन आरडिटि गरेत भन्छे । कतै नक्कली किट त हैन भन्छे जिस्कदै तिमी जस्तै नक्कले होले है भन्छ अनि होनि भन्छ अनि आरडिटिले एन्टिबडी मात्र देखाउने भएकोले यस्तो भएको हो बताउँछ । पि सि आर जस्तो वैज्ञानिक मानिदैँन भनेर बुझाउँछ ।
लिपुलेक बारे समाचार गर्मी तातेको छ । त्यसै बेला भन्छ मेरो मायालु तिमी र लिपुलेक उस्तै भयो मैले मेरो भन्ने तर कब्जा अरुले नै गर्ने भनेर भन्छ अनि प्रतिमाले भन्छे म ऐलानी है । हो तिमी ऐलानी त हौ नि जब बिहे हुन्छ तब मेरो नाममा दर्ता हुन्छौ। श्रीमतीको नाममा ।सम्हाल्न नसके रामले सीता मेरो हो भन्ने सीता जान नमानेनि रावणले कब्जा गरे जस्तो लिपुलेक रावणले लियो है । तिमीले नि सम्हाल्नु मलाई भनेर प्रतिमा भन्छे अनि रमेशले भन्छ सत्यको जीत हुन्छ आखिर रावणबाट रामले सीता फिर्ता लिएका थिए नि । प्रतिमा प्रति प्रश्न गर्छेकिन होला हामीले सामाजिकमा , समान्यज्ञानमा ,निशाना छाप लगायतमा नेपालको नक्सा छुटाएको ? फेरी जिकेमा क्षेत्रफल बढेको घोक्नुपर्ने होला । आफ्नै मूलुकको क्षेत्रफल थाहा नपाउने कस्ता इतिहासविद , भूगोलविद रहेछन ।

यो भन्दा राम्रो त राणाशासन है पढ्नुपर्दैन थ्यो आनन्द है । अनि रमेश चन्द्रशमशेर अगाडि त सती प्रथा थियो मलाई कोरोना लागेर मरे भने तिमी नि सति जान पाउँथे भनेर होला ठट्टा गर्दै भन्छ । बरु भनन जंगबहादुर कति देश भक्त है गुमेको जमिन फिर्ता ल्याए भनेर पो भन्या प्रतिमा भन्छे । चिन्ता नगर नेपाल सरकार पनि कमजोर छैन । दुइतिहाइको सरकार छ । प्रतिपक्षको साथ र समर्थन छ कायम भएरै छाड्छ । केहि समयपछि मन्त्रिपरिषदको निर्णय बाहिरिन्छ लिम्पियाधुरा समेटी नक्सा सार्वजनिक भयो । कोरोना पत्ता लगाउन शंकास्पदले पनि निजिमा जाँच गर्न पाउने ब्यबस्था सुरु गर्ने । दुबै खुसीले गदगद हुन्छन ।अनि भन्छन अब परीक्षणमा नेपाल सरकारको सार्वजनिक निजि साझेदारीे नीति लागु हुने भएछ । इच्छुकले नीजिमा जचाउने भए पैँसा नहुनेले सरकारीबाट सेवा लिन्छन । छिटो रोग पत्ता लाग्छ । कोरोना नेपालबाट छिटो मुक्त गर्न सहज हुन्छ । अब नेपालको नक्सानि गुमेको क्षेत्र फिर्ता ल्याएर के गर्नु मैले माया तिमीलाइ माया गरेर असफल हुन नि सक्छ घरमा के भन्नेहुन भन्छे प्रतिमाले ।

रमेश भन्छ तिमी र म प्रेम गरेर बिहे गर्न संविधान,मुलुकी ऐन देवानी संहिता २०७४,विवाह दर्ता ऐनले छेक्दैन त्यस्तै नेपालको सन १८१६ मार्च ४ को सुगौली सन्धि,सन १८१६ डिसेम्बर ८ को सुगौली सन्धिकै पुरक सन्धि,सन १८५७ मा भारतले जारी गरिदिएको नेपालको नक्सा,सन १८६० नोभेम्बर १ मा बाँके,वर्दिया,कैलाली ,कञ्चनपुर नेपाललाई फिर्ता गर्न गरिएको सम्झौता,सन १८७५ जनवरी ७ मा दाङ्गको डुडुवा क्षेत्र सिमांकन गर्दाको नक्सांकन सन १९९५ मा लिाम्पयाधुरा क्षेत्रका नागरिकले बाली बुझाएको प्रमाण,वि सं २०१५ सालको आमनिर्वाचनमा मतदाता नामावली वि सं २०१८ सम्म नेपालको जनगणना,भूमिसुधारका अभिलेख बलियो प्रमाण छ । अब नेपालको भएर छाड्छ त्यस्तामा सबै नेपालीको साथ सहयोग चाहिन्छ र मैले तिमीलाई पाउन तिम्रो घर मेरो घरमा कुटनीति गरे जस्तै नेपाल सरकारले चीन र भारतसँग कुटनीति गर्नुपर्छ त्यो थालिसक्यो अब नेपालले सफलता प्राप्त गरेरै छाड्छ । अब तिमी र मेरो घरमा पनि कुटनीति थाल्नुपर्छ है रमेश भन्छ । प्रतिमा पनि सहमतिजनाउँछे । नेपाल छिटै कोरोना मुक्त हुने,गुमेको भुभाग फिर्ताहुने र आफ्नो सम्बन्ध पनि मजबुद हुने आशामा आज प्रतिमा मख्ख छे । एक्लोपनको छटपटि छैन ।

LEAVE A REPLY