रसुवाका ७५ जनाकै परीक्षणको रिपोर्ट नेगेटिभ

रसुवाका विभिन्न ६ स्थानमा गरिएको र्यापिट डायग्नोष्टिक टेष्ट अर्थात आरडिटी विधिमार्फत कोरोना परीक्षण गरिएको ७५ जनाकै नतिजा नेगेटिभ आएको छ ।जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार लहरेपौवा स्वास्थ्यचौकीसहित जिल्लामा हिजो गरिएको ७५ जनाकै रिर्पोट नेगेटिभ आएको छ । विभिन्न जिल्लावाट विभिन्न समयमा रसुवा आई स्वयं एकान्तवासमा १४ वसेकाहरूलाई लक्षित गरी रसुवा जिल्लामा हिजो गरिएको परीक्षणमा लहरेपौंवा स्वास्थ्य चौंकी, उत्तरगया गापाका १८ जना, ग्रामिण सामुदायिक अस्पताल जिवजिवे, कालिका गापामा ८ जना,सामुदायिक स्वास्थ्य इकाई,कालिकास्थानमा १६ जना,पारच्याङ स्वास्थ्य चौंकी नौकुण्ड गापामा २४ जना र रसुवा अस्पताल धुन्चे, गोसाईकुण्ड गापामा ९ जनाको परीक्षण गरिएका ७५ जनामध्ये सबैको रिर्पोट नेगेटिभ आएको कार्यलयले जनाएको छ ।

यस्तै,उत्तरगया गाउँपालिकाका र्यापिड डायग्नोष्टिक टेष्ट अर्थात आरडिटी विधिमार्फत कोरोना परीक्षण गरिएको १८ जनाकै नतिजा नेगेटिभ आएको छ । उत्तरगया ४ स्थित लहरेपौवा स्वास्थ्यचौकीमा गरिएको परीक्षणमा १८ जनाकै परीक्षण नेगेटिभ देखिएको लहरेपौवा स्वास्थ्यचौकीको प्रमुख बलराम न्यौपानेले जनाए ।
स्वास्थ्यचौकी प्रमुख न्यौपानेका अनुसार लकडाउनपछि विभिन्न जिल्ला र विभिन्न स्थानबाट गाउँ फर्किएका र केही दिन जिल्लाका माननीय मोहन आचार्यको घरमा अवस्थित क्वारेन्टाइनमा बसी त्यहाँबाट होम क्वारेन्टाइनमा बस्छौं भन्दै फर्किएका वडा नम्बर ४ र ५ का १८ जनामा आरडिटी विधिबाट परिक्षण गरिएकोमा सबैर्को रिपोर्ट नेगेटिभ देखिएको हो । परीक्षण गरिएकामध्ये ११ महिला र सात जना पुरुष रहेका थिए । यस्तै,परीक्षण गरिएकामध्ये उत्तरगया ४ को ७ जना र वडा नम्बर ५ का ११ को रहेका स्वास्थ्यचौकीले जनाएको छ ।

 

LEAVE A REPLY