मन्त्री,सांसदहरुलाई निशुल्क,गरिबले कोराना भाइरस परीक्षण गरेको १५ हजार ?

अहिले सामाजिक सञ्जालमा स्वाथ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रालयको चर्काे आलोचना भइरहेको छ । स्वास्थ्य मन्त्रालयले मन्त्री र सांसदहरुको निशुल्क कोराना भाइरसको परिक्षण गराएको तर निमुखा गरिब जनतालाई कोराना भाइरसको परिक्षण गर्न परेमा १५ हजार शुल्क तिनुपर्ने बिषयमा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको प्रष्टाएको छ । कोराना भाइरसको जाँच गर्नका लागि अब १५ हजार शुल्क तोकिएको भन्ने ढंगबाट हल्ला चलेर आलोचना भएसँगै मन्त्रालयले शुल्क तोकेको हल्लामा सत्यता नभएको जनाएको हो । मन्त्रालयले कोराना परिक्षणका लागि कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै नि शुल्क परीक्षण गर्दै आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार, सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

LEAVE A REPLY