अवकाशको मुखमा रहेका हजारौं कर्मचारीहरुलाई एक बर्ष रोकेर काममै फर्काऔं

सुरेन्द्र पाण्डे,पूर्व अर्थमन्त्री

पूर्व अर्थमन्त्री तथा नेकपा स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डेले खर्च कटौतीका लागि अहिले अवकाशको मुखमा रहेका कर्मचारीहरुलाई काममै लगाउनु पर्ने बताएका छन् । हरेक बर्ष २० औं हजार कर्मचारीहरुले अवकाश पाउँछन् त्यस्ता कर्मचारीहरुलाई अवकाशबाट रोकेर पुन काममा फर्काउन सके केृही भए पनि खर्च कटौती हुन सक्ने बताएका छन् ।
अहिले कोरानाको कहर छ । राजश्व संकलन ठप्पजस्तै अबस्थाछ । गत बर्षहरुको तुलना गर्ने हो वैशाख र जेठ महिनाको समयमा दैनिक तीन अर्बभन्दा बढी राजश्व उठ्ने समय हो । तर अहिले हामीकहाँ दैनिक १७ देखि १८ करोड हाराहारी राजश्व उठिरहेको छ । यति रकम त हामीकहाँ स्टेशनरी सामान खरिदमै खर्च हुन्छ ।
समयमै चलाखी गरिएन भने अझै कष्टकर हुने देखिन्छ । यो कहरबाट जोगिन चालु खर्च घटाउनु पर्दछ । चालु खर्च घटाउने केही उपायहरु छन् सवारी साधन खरिदमा रोक्का,अवकाशका मुखमा रहेका कर्मचारीहरुलाई अहिले अवकाश नदिई काममै फर्काऔं । यस्तै एउटै भवनबाट हुने सरकारी काममा लागि पनि धेरै भवनहरु भाडामा लिइएको देखिन्छ यस्ता विकृतीहरु सुधार्नुपर्ने उनको भनाई छ ।
गाडी खरिद रोक्न सके यस्को मर्मत सम्भार, र डिजेल तथा पेट्रोल खर्च कटौती हुन्छ । यस्तै सरकारी सेवाबाट हरेकवर्ष २० हजार हाराहारी मान्छेहरू जागिरबाट रिटायर्ड हुन्छन् । एक वर्ष रिटायर हुनबाट रोकेर तिनलाई काममै फर्काऔं । यसो गर्न सकिएमा २० देखि २५ हजारको मात्र भएपनि तिनीहरूले काम नै नगरी पाउने पेन्सन रोकिन्छ । तिनीहरूको तलब सञ्चयकोषले सरप्लस गर्छ । यस्तै एउटै भवनमा धेरै कार्यालयहरू राखेर काम गर्न सकिन्छ । एउटा मन्त्रालयलाई एउटा भवन, अर्को कार्यालयका लागि अर्को भवन जस्ता कुराहरू बिल्कुल बन्द गराइनुपर्दछ । अहिले स्थानीय तहमा, प्रादेशिक तहमा धमाधम भवन बनाउने भाडामा लिने कुरा चलिरहेको छ, यो तत्काल बन्द गर्नुपर्छ । एउटै भवनमा सबै कार्यालयहरू चल्ने हो भने खर्च कटौती हुन्छ । अरू कतिपय खर्चहरू छन, जस्तो मन्त्रीहरू जिल्लामा जाँदा अघिपछि गर्ने पुलिस, सीडीओ लगायत अरू कर्मचारीहरू अघि पछि किन गर्नुर्पयो ? विभिन्न भत्ताहरू कटौती गर्नुर्पयो । कार्यालयहरू कामकाजी बनाउनुर्पयो ।

1 COMMENT

  1. are u mad . lakhou yuba berojgar xa. marna badhaya xa . kam napayera voutarieka xan . tapai vannu hunxa jo manxe job ma xirer aafno jivan bitai sakyo ,marne bela vai sakyo uslai abkas nadin ? talab kehi kam garer vae pani yuba lai rojgari banaou, murda lai aaram garn diu

LEAVE A REPLY