लोक सेवा आयोगले गर्‍यो यस्तो आठ निर्णय, अधिकृत र सुब्बा पदमा परीक्षा लकडाउनपछि हुने

लोक सेवा आयोगको सोमबार बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । आयोगको बैठकले कुनै चरणको परीक्षा पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनहरू रद्द नगर्ने निर्णय गरेको छ ।आयोगले प्रथम चरण, लिखित परीक्षा तथा प्रतियोगितात्मक परीक्षा पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात् बाँकी सम्पूर्ण परीक्षाहरूको नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने जनाएको हो । आयोगले दरखास्त सङ्कलन भई सकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
२०७६ फागुन २८ मा प्रकाशित अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभन्नि विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७ जेठ ९ गते शुक्रवार देखि बन्द गर्ने निर्णय भएको छ । साथै दरखास्त बुझाई सकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरूका लागि स्थिति सामान्य भएपश्चात् निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ ।

LEAVE A REPLY