एक यात्रा – अब्दुलसँग

सरोज फुँयाल

भाई ललिपप खाउँ ?
म झस्किँए।
म निन्द्रामै थिएँ, हल्का आँखा हेरेर खाँदिन भनिदिए । म प्राय गाडी चढ्ने वितिकै निदाउने भएकाले फिदिम देखि राँके आईपुग्दा सम्म निदाई सकेको थिएँ । उनले राँकेमा गाडी रोकिएको बेला मलाई सोधेका रहेछन् । उनले सबैलाई ललिपप बाँडे । सबैले ललिपप लिएर खान थाले सुमो गाडि ७ जना जति थियौं । त्यता ललिपक, अकबरे खुर्सानी, घिउ आदि किन्नका लागि ड्राईभरले जहिले गाडि रोक्दछन् । उनीहरुले  जहिले एउटै पसल अगाडि रोक्दछन् तर किन्न भने जुन पसलमा नि पाईन्छ । अझ झरिरहनु पर्दैन । त्यसमा पनि एउटा रहस्य छ – ड्राभईभरले पनि वोनस स्वरुप एक पाकेट ललिपप पाईहाल्थे । ड्राईभरले पसलको  अगाडि रोकेपछी त्यहिँको बढी बिक्री हुनु त स्वभाविक नै हो अझ झरि रहनु पर्दैन जहिल्यै गाडिमै ल्याइदिन्छन् । मैले पनि ललिपप किने २०० को चार पाकेट । घर जाँदा जहिले चिज हुन्थ्यौ ललिपप । कसैले ललिपप, कसैले अकबरे खुर्सानी तथा घिउ र अन्य काँक्रो लगायतका चिजविजहरु किने।
गुरु जाउँ छिटो मेरो गाडी छुट्छ भरे !
१२ बजे फिदिम बाट गाडी चढेको मलाई सिन्धुली घर पुग्नलाई ६ बजे झापा चारआली पुग्नै पर्ने थियो नत्र मलाई गाडीले पर्खनेवाला थिएन ।
गुरुले सोधे -“कहाँ पुग्नु पर्ने हो र तपाईँको ?”
मैले भने- “सिन्धुली ।”
“पुगिहालिन्छ” नि उनले उत्तर दिए ।
म बोलिन केही । सबैले के- के किन्ने हो किने अनि गाडी यात्रामा हुँकियो ।
दाई कहाँ बाट चढनु भएको गाडी मैले त्यही ललिपप खाउँ भाई भन्ने छेउकै मान्छे लाई सोधेँ ?
म पौवा बाट तपाईँ निदाउनु भएको थियो उनले उत्तर दिए ।
दाई तपाईँ मुस्लिम हुनुहुन्छ ?
किन र उनले हाँसेर मैतिर प्रश्न प्रस्न फर्काए ।
हैन दारी पालेको जुँगा काटेको देखेर सोधेको अन्यथा नलिनु होला ।सुरक्षित उत्तर दिएँ, त्यो उत्तर ले सुरक्षित हुन खोजेँ।
हैन के अन्यथा लिनु हो मुस्लिम नै हो म ।
मैले ध्यान अलिकती गाडिमा बजिरहेको ईलामे सहर चियाबारी राम्रो तेहीँ पर घर बोलको गीत ध्यान दिँए ।  यो गित मलाई निकै मन पर्ने गित हो । साथिहरु सँग जमघटमा स्वर राम्रो नभए पनि स्वर मा स्वर मिसाउने गरेको थिँए तर जति राम्रो भए पनि मलाई ठुलो आवाज सँग झर्को लाग्थ्यो । गुरुलाई आवाज घटाउन आग्रह गरेँ ।
हैन गित त ठुलो बजाकै राम्रो नि अर्का यात्री बोले ।
हैन मधुरो राम्रो हुन्छ नि निदाउने लाई पनि असर पर्दैन ।
फेरी म मुस्लिम साथि तिर नै फर्किँए घर कहाँ नि तपाईँको ? चारआली बाट अलि पुर्व पर्छ ।
अनि तपाईँको उनले मेरै तिर प्रश्न फर्काए ।
मेरो घर सिन्धुली ।
हैन अनि कहाँ पुगेर आउनु भएको उनले प्रश्न माथि प्रश्न गर्न लागे ।
म यहीँ पाँचथरको हिलिहाङ गाउँपालिका कार्यरत छु ।
ए सर पो हुनुहुँदो रहिछ ।
तपाईँको चाहिँ कहाँ पुगेर आउनु भएको नि ?
म पौवा बाट अलि पर्तिर गएर आएको ।
ए अनि काम काज यतै हो कि तपाईँको ?
हैन काम त इन्डिया पानी ट्याङ्कीतिर हो । यहाँ त सँगै काम गर्ने साथिको विवाहमा गएर आएको नि सर ।
उनले भाई भन्दा भन्दै सर जोडे अन्तिममा ।
मैले सर भन्दा भाई नै भन्न आग्रह गरेँ जति दाजु भाई भन्दा जति आत्मिय लाग्छ सर भन्दा त्यती ठिक लाग्दैन सर मा आत्मियता भन्दा जिम्वेवारी बढी हुन्छ तर दाजु भाई जिम्वेवारी सँग सँगै आत्मियता अधिक हुन्छ अझ दाजु भाई, अंकल भन्दा जति किक मिल्छ सर मा मिल्दैन ।
हाहा हाँसो सहित भने भाई सर त सलमानको फ्यान हो कि के हो ?
राम्रो फिल्म जो कोहि को नि हेर्छु सलमानको किक पनि हेरेको थेँ ।
ए अनि साथि कुन धर्मको हो नि ? छोरीको विवाह गर्नै वाला क्या ? मैले प्रश्न गरेँ ।
हिन्दु
ए खानपिन मिल्छ त हिन्दुसँग ?
भाई मन मिल्नु पर्छ । हामि सबै पहिला मानव हो अनि मात्र मुस्लिम, हिन्दु, कृश्चियन ! उहाँहरुको चाडबाड, विहेवारीमा उहाँहरुले मलाई वोलाउनु हुन्छ म उहाँहरुलाई बोलाउँछु ।
अनि खानपान ? पुन प्रश्न गरेँ ।
खानपान पनि सजिलो छ । तपाईँको आफ्नो सँस्कार छ,हाम्रो आफ्नो सँस्कार छ । आफ्नो सँस्कार र आफ्नो समुदाय सँग विद्रोह गर्न सकिदैँन मन ले पनि मान्दैन । म हिन्दुको विहेमा जाँदा उनिहरुले काटेको खान्न महिले काटेको उनिहरुले खाँदैनन् । त्यसैले विहेमा मेरो लागि माछाको ब्यवस्था थियो । आफैँले माछा बनाए हाम्रा अरु साथि नि थिए तिनिहरु आज उतै बसे तिनिहरुलाई नि खुवाएँ । छोरीलाई उपहार दिएँ, अल्लाह सँग छोरिको राम्रो र सुखमय जिवनको आशिर्वाद मागेँ अनि फर्किएँ । उनिहरु मेरोमा आउँछन् उनिहरु पनि त्यसै गर्छन ।
ए गुरु ! लोक दोहोरी गित हाम्रो तिर मात्र धेरै सुन्छन् तपाई ले नि गाडिमा तिन चार वटा वजाउनु भयो घर पुगि सकेको जस्तो लाग्यो । म अलि कति गित तिर मोडिएँ ।
ह्या सर ! गित हाल्दा यि गित पनि हाल्देछन् मलाई त खासै मन पर्दैनन् । साँच्चै लोक दोहोरी गायक यति लामो गित गाउँदा थाक्दैनन् ।
आफुलाई भने लोक दोहोरी गित राम्रै लाग्ने म हाँसे मात्र । ए गुरु ईलाम पनि कति चाँडै कट्यो आज त गफै गफमा । अलि एकान्तमा पाँच मिनेट को लागि रोकौँ है ।
ए अनि हामि कहाँ थियौँ रे हामि ! मुस्लिम साथि तिर फर्कँदै भने ।
अनि धर्मको बारेमा के विचार छ तपाईँको ?
म तिर भएको पानी एक धुड्की खाँदै भने ! थाहा छ भाई धर्म पनि राजनिती जस्तै लाग्छ मलाई नेकपा, काँग्रेस, तराईका पार्टी । ति सबै जुन जु बाटो गए पनि जनताको भलाई नै गर्न भनेर हिँडेका हुन् । त्यसै धर्म पनि त्यही हो । तपाईँ ईश्वर भन्नुहुन्छ शिव विष्णु मान्नु हुन्छ । म अल्लाह भन्छु । न तपाईँको ईश्वर तपाईँले देख्ननु भएको छ न मैले मेरो अल्लाह ! हामि सबैले माग्ने भनेको हामि, हाम्रो परिवार, हाम्रो देशको समृद्दी र मरेपछी त्यही तपाईँको स्वर्ग र मेरो जन्नत त हो नि । नाम मात्र फरक ।
त्यही त एउटै लक्ष्य भएर पनि कति झगडा छ नि है !
हो त पार्टी जस्तै त हो नि आफ्नो स्वार्थका लागि ! नारयणघाट बाट काठमाण्डौँ गए पनि सिन्धुलीको बाटो गए पनि दुबैको महत्व उस्तै छ फरक परिवेश बाटो फरक त्यती त हो नि । हामि नेपालका मुश्लिम लाई पनि पाकिस्तान र ईरान ईराक जस्तै हेर्छन काहिँ काहिँ दुख्ख लाग्छ । यहाँ हिन्दुले नि त युध्द गरेका छन् हत्या हिँसा गरेका छन् । मुस्लिम भन्दैमा काहिँ काहिँ गलत बुझ्दछन् । महाभारत जस्तो युध्द पनि भएको छ हिन्दुमा ! झै झगडा जहाँ पनि छ एउटा ले विराउँदा सबै लाई दोस लगाउनु हुँदैन । मैले गिताको अध्ययन गरेको छु, बाईवल पढेको छु सबैले सत्मार्ग देखाउँछन् ।
उनले धेरै कुरा गरे घत लाग्दा ।
हो नि ! मैले सहिमा सहि थापेँ ।
ए गुरु ए गुरु फिक्कल पो आई सकेछ खोई रोकेको गाडी पिसावले च्याप्यो त !
ए विर्सेछु नि ल रोक्छु यहीँ !
पिसाव फेरेर फेरी हामी गाडिमा चढ्यौँ ।
मैले पहिलेकै कुरामा कुरा जोड्न खोज्दैँ थेँ छेउको दिदीले बमिट गरेर अलि असहज भयो । हल्का गफको माहोलमा ब्रेक लाग्यो ।
गुरु कन्यममा खाजा खाउँ है । सार्है भोक लाग्यो ।
हैन अब झापा पुगे रै खाजा खाउँला सर । तपाईँ लाई नि सजिलो हैन र !
हुन त हो मलाई पनि बेलुका गाडी चढ्नु पर्ने भएकाले अलि आराम गर्ने समय हुन्थ्यो । अझ मलाई चारआलिको चार्ट निकै मिठो लाग्थ्यो हुन्छ भने । कन्यम बाट चारआली पुग्न जम्मा पैँतिस किमि त थियो ।
धर्म परिवर्तन बारे के विचार छ तपाईँको म फेरी मुस्लिम यात्रु तिर नै फर्किएँ ।
हैन किन धर्म परिवर्तन गर्नु ईश्वर एउटै हैनन् र सबै धर्म लाई सम्मान गर्नु पर्छ । खराब संस्कार र विचार लाई छाड्नु पर्छ । आफ्नो पुस्ताको विचार र आस्थालाई भने छाड्न सकिन्न । देशका नेताले र पढेलेखेकाले विगारेक हन् । बरु कम पढेका हामिमा झगडा गर्नु हुँदैन मिलेर बस्नु बस्नु पर्दछ भन्ने छ । मुस्लिम भएकै आधारमा गलत देख्नु गलत हो ।
बाटो भरी यस्तै गफ भए । म चार आलि झरेँ उनि पनि चार आलि झरे । सँगै चार्ट खान आग्रह गरेँ । सँगै चार्ट खाईयो । चिया पनि खाईयो । पैसा उनैले तिर्न खोजे मेरो ठाउँमा पाहुना लाई कहाँ तिराउनु भनेर । उनले नम्वर मागे मैले मेरोमा मिस कल हान्न भने उनले मिसकल हाने । मैले नाम मुस्लिम दाई भनेर सेभ गरेँ उनले के भनेर गरे थाहा भएन । नाम नसोधेको हैन तर लामु भएर सेभ गरिन । सुरुको अब्दुल मात्र याद भयो । दुई वटा मोवाईल भएकाले मैले सानु मोवाईलमा नम्वर सेभ गरेको थेँ । आउँदा मोवाईल हरायो उनि सँग फेरी कुरा गर्ने सपना अधुरै रह्यो ।
केही दिन अगाडी सिन्धुलि काठमाण्डौँ हिँडेका केही मुस्लिम साथिहरुलाई पुर्व वाट आएको र कोरोना सार्न सक्ने भनेर रोकिएछ र फर्काईएछ । यो सबै लाई गर्नु पर्छ सके सम्म गरिएको छ ठिक छ । तर कोरोना सार्न आएका हुन् यि मुस्लिम भनेर साथिहरु ले भन्दा मलाई आज भन्दा दुई बर्ष अगाडी भेटेका तिनै साथिको याद आयो । यो नोवेल कोरोना एक महामारी रोग हो न यसले हिन्दु चिन्छ, न मुस्लिम, न कृश्चियन, न बाहुन क्षेत्री चिन्छ, न दलित चिन्छ, न जनजाती नै ! यहाँ सबै धर्म तथा जातका ब्यक्ति बाट कोरोना सरेको छ । कसले सार्यो भन्दा पनि कसरी सबै मिलेर सुरक्षित हुने भन्ने विषयमा सोच्न जरुरी छ । आज पनि ति मुस्लिम साथिलाई सलाम गर्छु जसले मलाई संस्कार सिकाएर गए । त्यो दिनको पर्खाईमा छु पुन हाम्रो भेट होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here