नागढुंगामा स्वस्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने कार्की पक्राऊ

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ परेका छन् । उनलाई आज बिहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जनाएका छन् । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । अस्ती शुक्रवार नागढुंगा नाकाबाट राजधानी फर्कद्यै गरेका बाग्मती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। सामाजिक सञ्जालमा चर्काे आलोचना भए पछि कार्कीले सामाजिक सञ्जालमार्फत् माफी मागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here