भारतीय सीमा सुरक्षा बलले गर्‍यो २० बिघा नेपाली भूमि कब्जा

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको छ । झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा २० बिघा नेपाली भूमि कब्जा गरेको हो ।

विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताएकबा छन् ।
त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए । भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको अध्यक्ष साहले बताय ।

‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ”, गाउँपालिकाका अध्यक्ष साहले रासससँग भन्नुभयो, “आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पु¥याइने गरेको छ ।” उहाँका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो । जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन् । भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here